दलसिंह गिरी/मङ्सिर १४, कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय प्रवक्ता खडक विश्वकर्माले नेपालमा अहिले बनेको संविधान कुनै हालतमा कार्यान्वय हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/मङ्सिर १४, कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय प्रवक्ता खडक विश्वकर्माले नेपालमा अहिले बनेको संविधान कुनै हालतमा कार्यान्वय हुन"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नालीको समग्र विकासको निम्ति उल्लेख्य योगदान पुर्याएको पूर्वमन्त्री विश्वकर्माको दावी

१४ मंसिर २०७३, मंगलवार ०२:०९

दलसिंह गिरी/मङ्सिर १४, कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय प्रवक्ता खडक विश्वकर्माले नेपालमा अहिले बनेको संविधान कुनै हालतमा कार्यान्वय हुन नसक्ने बताउनु भएको छ । 

नेपाली जनताको पहिचान र आवश्यकता विपरित विदेशीको इशारामा बनेको संविधान सर्वहारा नेपाली जनताले कुनै हालतमा कार्यान्वय गर्न नदिने भन्दै यस्तो कुरा बताउनु भएको हो । 

क्रान्तिकारी पत्रकार संगठन कालिकोटले सोमवार जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय प्रवक्ता विश्वकर्मा अहिले भारतको इसारामा संविधान संशोधनको हल्ला चलिरहेको आरोप लगाउनु भएको छ । भारतले मधेशी नेताहरुलाई उचालेर संविधान संशोधनको रटान लगाएको र अर्कोतिर नेपाली सर्बहारा बर्गको हितमा संविधान नबनेकाले न कार्यान्वय न संशोधन कुनैपनि कार्य हुन नसक्ने बताउनु भएको छ ।

कालिकोट जिल्लाको सदरमुकाम मान्ममा यहि मंसिर १४ गते हुन लागेको जनसभाको सम्बोधनका लागि आफ्नो गृह जिल्ला कालिकोट आउनु भएका विश्वकर्माले अहिलेका प्रधानमन्त्री एवं तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शर्वहारा बर्गको आवश्यकतालाई कुल्ची सरकार संचालनको लोभमा जनमुक्ति सेना बिघठनको नाममा १६ हजार शहिदको रगत माथि रजाई गरेको बताउदै अब जनसेना आफ्नो साथमा रहेको बताउनु भएको छ । देशमा मौलाउदो भष्ट्राचार बारे बताउदै आफ्नो पार्टीले भष्ट्राचारी नियन्त्रण अभियानलाई पनि एक प्रमुख एजेण्डाको रुपमा लिई भ्रष्टाचारीलाई कालोमोसो दल्ने अभियान थाली सकेको बताउनु भएको छ । 

संविधान सभाको पहिलो निर्वाचनबाट कालिकोटका प्रत्यक्ष निर्वाचित सभासद एवं पूर्व पर्यटन तथा नागरिक उड्यनमत्री बिश्वकर्माले कर्नालीको समग्र विकासको निम्ति कर्नाली विकास आयोग, कर्नाली पर्यटन विकासका लागि गुरु योजना, लगाएका विविध क्षेत्रमा आफुले उलेख्य योगदान पु¥याएको दावी समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ