२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

दलित मुक्ति मोर्चाको सम्मेलन आयोजक समितिमा घिमिरे

२०७३, १४ मंसिर मंगलवार ०३:२९

मङ्सिर १४, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला एकता भेला सम्पन्न भएको छ । 

तत्कालिन एकिकृत नेकपा माओवादीसहित विभिन्न पाँच माओवादी घटकबीच पार्टी एकतापछि मोर्चाले पनि एकता भेला गर्दै आगामी पौष मशान्तभित्र जिल्ला अधिवेशन गर्नेगरि संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । 

भेलाले जिल्ला अधिवेशनकालागि रमेश घिमिरेको संयोजकत्वमा २७ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ । मोर्चाका केन्द्रीय सदस्य तथा प्रदश नं. १ सहईन्चार्ज हर्कमान सेन्चुरीको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य तथा प्रदेश नं. १ सहईन्चार्ज प्रताप प्रकाश ल्वागुन, पार्टी जिल्ला कमिटीका मोर्चा फ्याक्सन ईन्चार्ज तेजमान कन्दङ्गवा र पार्टी जिल्ला कमिटी सदस्य फुर्वी शेर्पाको उपस्थिति थियो । 

भेलामा जिल्लाभरिका मुक्ति मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ता सहभागी रहेको सम्मेलन आयोजक समिति संयोजक घिमिरेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो