मङ्सिर १४, रोल्पा । हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानलगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु आजदेखि भने संय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १४, रोल्पा । हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानलगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु आजदेखि भने संय"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रोल्पा र प्यूठानले संयुक्त आन्दोलनको आधिबेहरी सिर्जना गर्ने

१४ मंसिर २०७३, मंगलवार ०७:००

मङ्सिर १४, रोल्पा । हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानलगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु आजदेखि भने संयुक्त आन्दोलनमा उत्रने भएका छन् । 

सोमबार प्यूठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्यूठानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले प्यूठानका पूर्व सांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा २३ सदस्यीय संयुक्त सङ्घर्ष समिति समेत गठन गरेको छ । उक्त समितिमा दुवै जिल्लाका राजनीतिक दलका प्रमुख, नेपाल पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सदस्य रहेका छन् । 

सोमबार प्रकाशित संयुक्त विज्ञप्तिमा ५ नम्बर प्रदेशबाट रोल्पा र प्यूठान छुट्याउने कार्य कदापि स्वीकार्य नहुने उल्लेख गरिएको छ । जनताको भावनाविपरीत जबर्जस्ति गर्न खोजिए प्रतिरोधात्मक आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ । 

विरोधस्वरुप दुवै जिल्लाको आयोजनामा बिहीबार रोल्पा र प्यूठानको सीमा क्षेत्र चतुरभुजमा बृहत् खबरदारी सभा गरिन लागेको पत्रकार महासंघ रोल्पाका अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका सदस्य सचिव महेश न्यौपानेले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’