दलसिंह गिरी | मंसिर १४, कालिकोट | विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्माले नेपालमा आफ्नो पार्टीले युद्ध नभै क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | मंसिर १४, कालिकोट | विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्माले नेपालमा आफ्नो पार्टीले युद्ध नभै क्"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी युद्ध हैन क्रान्ति चाहन्छौं’- पूर्ब मन्त्रि विश्वकर्मा

१४ मंसिर २०७३, मंगलवार १६:३७

दलसिंह गिरी | मंसिर १४, कालिकोट | विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्माले नेपालमा आफ्नो पार्टीले युद्ध नभै क्रान्ति गर्न खोजेको बताउनु भएको छ ।

आफ्नो पार्टीले सर्बहारा जनतालाई यस देशको मालिक बनाउनका निम्ति नयाँ कार्यदिशा, नयाँ ब्यवस्था, ल्याउन युद्धले सम्भव नहुने भएकाले अब क्रान्तीको आवश्यकता भएको बताउदै यस्तो कुरा बताउनु भएको हो । नेकपा माओवादी कालिकोटले जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको बृहत जनभेला कार्यक्रमको सम्बोधन गर्दै विश्वकर्माले जनताको पूर्ण सहभागितामा निर्वाचित पहिलो संविधान सभालाई तुहाएर केही विस्तारवादी तथा सामराज्यवादी तत्वहरुले नेपालका केही हरुवा भरुवाहरुलाई अगाडी बढाएर दोश्रो संविधान सभा निर्वाचन गराई आफ्नो अनुकुल संविधान बनाउन लगाएको आरोप लगाउनु भएको छ । बिश्वकर्माले यो संविधान सर्वहारा बर्गको निम्ति नबनेको भन्दै यसको खारेजी अभियान आफ्नो पार्टीको प्रमुख एजेण्डा रहेको बताउनु भएको छ । 

जनभेला कार्यक्रमको प्रमुअ अथिति समेत रहनु भएका विश्वकर्माले अहिलेका सत्ताधारी राजनैतिकदलहरुलाई कोट गर्दै १० बर्षे जन युद्ध र १९ दिने बृहत जन आन्दोलनले राजतन्त्रलाई अन्य गरी ल्याएको गणतन्त्रलाई लत्याएर १२ बुदे बृहत शान्ति सम्झौता विपरित आफ्नै सहयात्री नेतागणहरुले १६ हजार शहिदहरुको रगतलाई कुल्चेर परिवर्तन नचाहने पार्टीको पुच्छर बनेको आरेप लगाउनु भएको छ । अहिले सरकारको लोभमा भारतीयको गुलामी बनेर नेपाली जनताको राष्ट्रिय स्वाधिनता नामेट हुने गरी राष्ट्रघाती संधी सम्झौता गरेको बताउदै यसको रक्षाको निम्ति आफ्नो पार्टीले क्रान्तिको थालनी गरेको बताउनु भएको छ । 


नेकपा माओवादी कालिकोटका जिल्ला इन्चार्ज कर्ण भण्डारी विराटको अध्यक्षता आयोजित बृहत जनभेलामा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य भरत बहादुर बम रणविरले सत्तामा रहका सत्ताशिन राजनैतिकदलहरुको कर्नाली प्रति हेर्ने दृष्टिकोण अझै नबदलिएको बताउनु भएको छ । सत्ताशिन दलहरुले नेपाली भाषाको उद्गमथलो, राष्टगुरु नरहरी नाथको जन्मथलो, विश्वमै पहिलो राज्य ब्यवस्थापन गर्ने मनुराजाको जन्म थलो भएको कर्नालीका जनतालाई २० केजी चामलमा विकाउन खोजेको आरोप लगाउनु भएको छ । तामशाली राज्यको इन्चार्ज समेत रहेका बमले कालिकोट जिल्लालाई नेपालकै कान्छो जिल्लाको रुपमा चिनाउने कालिकोटका धर्मदत्त आज यो समाजमा नरहेपनि उनको योगदानलाई कदर गर्न सम्मृद्ध कालिकोट बनाउनु पर्ने आवश्यक रहेको बताउनु भएको छ । 

बिगत केही महिना पहिले कालिकोटमा भ्रष्टचारीको आरोपमा एक प्राविधिकलाई मोसो दलेको प्रशंग जोड्दै केन्द्रीय सदस्य बमले देशलाई समृद्ध बनाउन सबै भन्दा भ्रष्टाचारीहरुलाई तह लगाउने पार्टीको प्रमुख एजेण्डा रहेको बताउनु भएको छ । समग्रमा देशलाई आर्थिक राजनैतिक, सास्कृतिक हरेक क्षेत्रमा समृद्ध गराई समाजवाद तिर उन्मुख गराउन एकिकृत जनक्रान्ती आवश्यक रहेको यसका लागि सम्पूर्ण नेपाली एक हुनुपर्ने बताउनु भएको छ ।


जिल्ला सदरमुकाम मान्म खाडाँचक्रमा आयोजित बृहत जनभेला कार्यक्रममा जिल्लाभर सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थीति रहेको थियो भने कार्याक्रममा केन्द्रीय सास्कृतिक सामना परिवारद्धारा विभिन्न सास्कृतिक प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान