४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विद्यार्थी नेताहरुले भने– ‘अखण्ड प्रदेश ५ को लागि हामी एक जुट छौं ।’

१६ मंसिर २०७३, बिहीबार ०८:४५

मंसिर १६, बुटवल । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राउने गरी संसदमा गरिएको संसोधन प्रस्तावको विरुद्वमा एक जुट हुने विद्यार्थी नेताहरुले बताएका छन् । रिपोर्टस क्लव नेपाल रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीका नेताहरुले अखण्ड प्रदेश ५ को लागि जस्तो सुकै अभियान  छेड्न पनि तयार रहेको बताएका हुन । 

साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय उप सभापती प्रकाश रानाले पारिवारिक सम्बन्ध कायम रहेको पहाडी र तराईका जिल्लाहरु टुक्राउने गरी दर्ता गरिएको संसोधन प्रस्तावको विरुद्वमा आफ्नो ऐक्यवद्धता रहेको बताए । उनले ईतिहासका विभिन्न स्थानमा आफ्नो मातृसंस्थाको विरुद्वमा आवाज  उठाउने काम भएको भन्दै अहिले पनि पारिवारिक सम्बन्ध कायम रहेको जिल्लाहरु टुक्राउनु  काम गलत भएको बताए । 

सरकारले संसदमा दर्ता गरेको प्रस्ताव अनुसार पहिला प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा र रुकुमको केही भाग प्रदेश नम्बर ४ मा गाभ्ने उल्लेख गरिएको छ । 

साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका  पुर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठले मध्यरातमा दर्ता गरिएको संसाधेन दर्ताको कुनै मान्य नहुने बताएका थिए ।  जनताको चाहना विपरित राजनीतिक दलका नेताहरुले गरेको एकलौटी निर्णय नमान्ने बताएका थिए ।

 साक्षत्कारमा अखिल क्रान्तिकारीका प्रदेश नम्बर ५ सह संयोजक प्रकाश अधिकारीले आफुहरु अहिले सडकमा भन्दा पनि विद्यार्थी अभियानको दौरानमा भएको भन्दै  प्रदेश टुक्राउनुको पक्षमा आफुहरु नरहेको बताएका थिए । उनले प्रदेश टुक्राउने पक्षमा माओवादी केन्द्रका नेताहरुले आफै प्रदेश टुक्राउनुको विपक्षीमा रहेको भन्दै आफ्नो संगठले पहाड र तराईको सम्बन्ध भएको प्रदेश नम्बर ५ बाट जिल्लाहरु अलग गर्न नुहुने बताएका थिए । 

 कार्यक्रममा  अखण्ड  प्रदेश न५ दवाव अभियान लुम्बिनीका संयोजक विष्णु प्रसाद पोखरेलले जनताको चाहाना विवपरित गरिएको निर्णयले नेताहरुलाई नै घाटा हुने बताए । उनले भने–‘जनताको मत एकातर्फ छ, तर नेताहरुको कार्य अर्का तर्फ भयो,जुन गलत हो ।’

साक्षत्कार कार्यक्रममा रिपोर्टस क्लव रुपन्देहीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता र पत्रकार कृष्ण खनालको सञ्चालनमा भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’