२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विद्यार्थी नेताहरुले भने– ‘अखण्ड प्रदेश ५ को लागि हामी एक जुट छौं ।’

२०७३, १६ मंसिर बिहीबार ०८:४५

मंसिर १६, बुटवल । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राउने गरी संसदमा गरिएको संसोधन प्रस्तावको विरुद्वमा एक जुट हुने विद्यार्थी नेताहरुले बताएका छन् । रिपोर्टस क्लव नेपाल रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीका नेताहरुले अखण्ड प्रदेश ५ को लागि जस्तो सुकै अभियान  छेड्न पनि तयार रहेको बताएका हुन । 

साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय उप सभापती प्रकाश रानाले पारिवारिक सम्बन्ध कायम रहेको पहाडी र तराईका जिल्लाहरु टुक्राउने गरी दर्ता गरिएको संसोधन प्रस्तावको विरुद्वमा आफ्नो ऐक्यवद्धता रहेको बताए । उनले ईतिहासका विभिन्न स्थानमा आफ्नो मातृसंस्थाको विरुद्वमा आवाज  उठाउने काम भएको भन्दै अहिले पनि पारिवारिक सम्बन्ध कायम रहेको जिल्लाहरु टुक्राउनु  काम गलत भएको बताए । 

सरकारले संसदमा दर्ता गरेको प्रस्ताव अनुसार पहिला प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा र रुकुमको केही भाग प्रदेश नम्बर ४ मा गाभ्ने उल्लेख गरिएको छ । 

साक्षत्कार कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका  पुर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठले मध्यरातमा दर्ता गरिएको संसाधेन दर्ताको कुनै मान्य नहुने बताएका थिए ।  जनताको चाहना विपरित राजनीतिक दलका नेताहरुले गरेको एकलौटी निर्णय नमान्ने बताएका थिए ।

 साक्षत्कारमा अखिल क्रान्तिकारीका प्रदेश नम्बर ५ सह संयोजक प्रकाश अधिकारीले आफुहरु अहिले सडकमा भन्दा पनि विद्यार्थी अभियानको दौरानमा भएको भन्दै  प्रदेश टुक्राउनुको पक्षमा आफुहरु नरहेको बताएका थिए । उनले प्रदेश टुक्राउने पक्षमा माओवादी केन्द्रका नेताहरुले आफै प्रदेश टुक्राउनुको विपक्षीमा रहेको भन्दै आफ्नो संगठले पहाड र तराईको सम्बन्ध भएको प्रदेश नम्बर ५ बाट जिल्लाहरु अलग गर्न नुहुने बताएका थिए । 

 कार्यक्रममा  अखण्ड  प्रदेश न५ दवाव अभियान लुम्बिनीका संयोजक विष्णु प्रसाद पोखरेलले जनताको चाहाना विवपरित गरिएको निर्णयले नेताहरुलाई नै घाटा हुने बताए । उनले भने–‘जनताको मत एकातर्फ छ, तर नेताहरुको कार्य अर्का तर्फ भयो,जुन गलत हो ।’

साक्षत्कार कार्यक्रममा रिपोर्टस क्लव रुपन्देहीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता र पत्रकार कृष्ण खनालको सञ्चालनमा भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने