मंसिर १६, बुटवल । प्रदेश नम्बर  ५ बाट पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र रुकुमको केही स्थान लाई प्रदेश नम्बर ४ मा गाभ्ने गरि संविधान संसो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १६, बुटवल । प्रदेश नम्बर  ५ बाट पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र रुकुमको केही स्थान लाई प्रदेश नम्बर ४ मा गाभ्ने गरि संविधान संसो"/>
२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलमा दिनभर तनाव, प्रहरीमाथी ढुङ्गा हानियो, ६ बजेपछि बन्द खुल्यो

२०७३, १६ मंसिर बिहीबार १४:२५

मंसिर १६, बुटवल । प्रदेश नम्बर  ५ बाट पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र रुकुमको केही स्थान लाई प्रदेश नम्बर ४ मा गाभ्ने गरि संविधान संसोधनको लागि संसदमा  प्रस्ताव दर्ता भएपछि यसको चर्को विरोध भएको छ ।  विहिवार लुम्बिनी अञ्चलका ३ जिल्लाहरु, गुल्मी, अर्घाखाँची  र पाल्पामा पुर्णरुपमा ठप्प भयो भने रुपन्देहीको बुटवल दिनभर तनावग्रस्थ भयो । कपिलवस्तुको राजमार्गमा गाडी चलेन्न भने नवलपरासीको बर्दघाट सम्म पनि गाडी चलेनन्, बजार बन्द भयो । 

बुटवलमा केही समय पहिला  माओावादी केन्द्रका केन्द्रीय सदस्य तथा उपप्रधान मन्त्री टोपबहादुर रायमाझीले शिलन्यास गरेको शहिद स्मारक आन्दोलनकारीले भत्काईदिएका छन् । स्वतस्फुतरुपमा जम्मा भएका आन्दोलनकारीहरुले बुटवलको महेन्द्रपार्कमा बनाइएको सहिद स्मारकबाट हसिया हथौडाको आकृत हटाउन खोज्दा प्रहरी र आन्दोलनकारीहरुको विचमा झडप समेतभ एको थियो । 

पहिला प्रहरीले स्मारक भत्काउन नदिने भन्दै कडा सुरक्षा प्रदान गरेको थियो । पछि नेपालको राष्ट्रिय झण्डा राख्ने भन्दै  आन्दोलनकारीहरुले माग गरेपछि प्रहरीले अनुमती दिएको थियो । तर आन्दोलनकारीहरुले नेपालको राष्ट्रिय झण्डा राख्नुको साथे स्मारकबाट हसिया हथौडाको  आकृती हटाएका छन् । एमाओवादी केन्द्रको चुनाव चिन्ह राखिएको भन्दै आन्दोलनकारीहरु आक्रोसित भएका थिए । 

यस्तै रुपन्देहीको बुटवलमा ३ वटा गाडीमा तोडफोड भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको एचआर ०५ भी ००६३ नम्बरको कार तोडफोड गरेका छन् ।  यस्तै बुटवलकै नेपालगञ्ज रोडमा कपिलवस्तुबाट बिरामी लिएर आउँदै गरेको लु १ च ६९०२ नम्बरको मारुती भ्यान तोडफोड गरेका छन्। 

प्रदर्शनकारीले बुटवलमै लु ९ प ३३९९ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन्। प्रदर्शनकारीले बुटवलका ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।  नेतृत्वबिहीन प्रदर्शनकारीले भित्री सडकहरुमा खुलेका पसलहरु बन्द गराउँदै हिड्दा प्रहरीलाई नियन्त्रणमा लिन समस्या परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले बताए । 

विहिवार साँझ ६ बजेबाट बन्द फिर्ता  भएपछि अहिले बुटवलको अवस्था सामान्य बन्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ