नरजन तामाङ/मङ्सिर १९, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रिक्त सेवा आयोगको सदस्य पदमा नेपाल सरकारबाट मङ्सिर १९ गतेदेखि लागु हुने गरी नियुक्त हुनुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ/मङ्सिर १९, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रिक्त सेवा आयोगको सदस्य पदमा नेपाल सरकारबाट मङ्सिर १९ गतेदेखि लागु हुने गरी नियुक्त हुनुभ"/>
१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सेवा आयोगका सदस्यको पदभार ग्रहण

१९ मंसिर २०७३, आईतवार १२:३९

नरजन तामाङ/मङ्सिर १९, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रिक्त सेवा आयोगको सदस्य पदमा नेपाल सरकारबाट मङ्सिर १९ गतेदेखि लागु हुने गरी नियुक्त हुनुभएका डा केसरसिंह रानालाई सेवा आयोगको कार्यालयको सेवा अयोगका सदस्यको पदभार ग्रहण गरेका छन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. उपेन्द्र कुमार कोइराला, सेवा आयोगका अध्यक्ष प्राडा राधा शाह, रजिष्ट्रार डा महेन्द्र कुमार मल््ल निवर्तमान सेवा आयोगका सदस्य श्रीरामप्रसाद उपाध्यायले स्वागत तथा पदभार ग्रहण  गराएका सूचना अधिकारी विष्णु कुमार खडकाले जनकारी दिएका छन ।

 मप विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द कुमार कोइरालाले विश्वविद्यालयको विगतदेखिको अनुभव बटुलेका अनुभवी व्यक्तिको सेवा आयोग जस्तो अत्यन्त संवेदनशील र जिम्मेवारपूर्ण भूमिकामा नियुक्त हुनुले यो विश्वविद्यालयमा योग्य र दक्ष जनशक्ति भित्र्याउन प्रक्रिया अगाडी बढाउन सहज हुने विश्वास व्यक्त गरेका थिए ।

  त्यसै गरी सेवा आयोगका अध्यक्ष प्रा डा. राधा शाहले विश्वविद्यालयको स्थायित्व नै योग्य र दक्ष जनशक्तिको स्थायित्व र पदोन्नति भएको उल्लेख गर्दै विश्वविद्यालयको सेवा आयोगको प्रक्रियालाई अगाडी बढाउन तयार भएको प्रतिबद्धता व्यक्त गरिन र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजना गरिएको बधाई, स्वागत तथा विदाई कार्यक्रममा बोल्दै रजिष्ट्रार डा महेन्द्र कुमार मल्लले विश्वविद्यालय स्थापना मध्येको अभियन्ता समेत रहेका र विगत बहुमुखी क्याम्पस हुँदै अघिल्लो कार्यकालको अनुभव समेत बटुलेका अनुभवी व्यक्तिको नियुक्तिले विश्वविद्यालयलाई बिधि र प्रक्रियासम्मत तरिकाले अगाडी बढाउन सेवा आयोगको सदस्यको नियुक्तिले मद्दत गर्ने  विश्वास व्यक्त गरेका थिए ।

  शनिवार मात्रै पदावधि सकिएर विदाई हुनुभएका निवर्तमान सेवा आयोगका सदस्य प्रा डा. श्रीराम प्रसाद उपाध्यायले विश्वविद्यालयमा आफ्नो कार्यकालमा सहज स्थिति नभएको सन्दर्भ कोट्याउदै पछिल्लो समय काम गर्ने वातावरण तयार हुँदा साथ शिक्षक कर्मचारीको विज्ञापन गरेको र उक्त विज्ञापनबाट योग्य र दक्ष जनशक्तिले विश्वविद्यालयमा प्रवेश पाउनेमा आशावादी रहेको धारणा व्यक्त गरे ।

  नवनियुक्त सेवा आयोगका सदस्य डा. केसरसिंह रानाले विश्वविद्यालयका सबै निकाय र पदाधिकारी एवम् परिवारका सबैसंग समन्वय र सहकार्य गरी विश्वविद्यालयको स्थायित्वको लागि जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जाहेर गरे ।

 उक्त अवसरमा मानविकी र सामाजिक शास्त्र संकायका डीन खोपिराम लम्साल र अनुसन्धान केन्द्रका निर्देशक डा. दिप बहादुर रावलले विश्वविद्यालयमा नवनियुक्त सेवा आयोगकासदस्यलाई बधाई र स्वागत तथा विदाई हुनुभएका सेवा आयोगका सदस्यलाई आगामी दिनको अझ प्रगतिको कामना सहितको विदाई मन्तव्य राखेका थिए र विश्वविद्यालयको सेवा आयोगको कार्यालय र केन्द्रीय कार्यालयमा गरिएको छुट्टाछुट्टै  गरिएको थियो ।्

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष, सदस्य, डीनहरू,सहायक डीनहरू,  निर्देशकहरू, परिक्षा व्यवस्थापन प्रमुख, सहप्रमुख, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक, संयोजक, प्राध्यापकर कर्मचारीका बैचारिक संघर संगठनका प्रमुख, स्वतन्त्र विद्यार्थी युनियन तथा विद्यार्थी संघर संगठनका प्रमुखर प्रत्यिनिधि लगायत सम्पूर्ण प्राध्यापक कर्मचारीहरूको उपस्थिति रहेको मध्यपशिञ्चमाचल विश्व विद्यालयका सूचना अधिकारी विष्णु कुमार खडकाले जानकारी दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु ‘लैङ्गिक समानताका लागि सक्रियताका साथ काम भइरहेको छ’