दिपक अनुरागी | मंसिर २०, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने भन्दै कपिलवस्तुमा आन्दोलनलाई अझ कडा बनाइएको छ । कपिलवस्तुमा कांग्रेस, एमाले,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | मंसिर २०, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने भन्दै कपिलवस्तुमा आन्दोलनलाई अझ कडा बनाइएको छ । कपिलवस्तुमा कांग्रेस, एमाले,"/>
१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकार विरोद्धको आन्दोलन कपिलवस्तुमा कडा बन्दै

२० मंसिर २०७३, सोमबार ०२:५०

दिपक अनुरागी | मंसिर २०, कपिलवस्तु । संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने भन्दै कपिलवस्तुमा आन्दोलनलाई अझ कडा बनाइएको छ । कपिलवस्तुमा कांग्रेस, एमाले, राप्रपा, माले, राष्ट्रिय जनमोर्चा सहितका विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतको संघर्ष समिति गठन भई प्रदेश विभाजनको कडा विरोधमा उत्रिएका छन् । 

जीतपुरमा शनिवार बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले आइतवार देखि आन्दोलनलाई सशक्त रुपमा लैजाने निर्णय गरेको थियो । जस अनुसार आन्दोलनलाई कडा पारिएको हो । सोमबार पनि बिहानै देखि बन्दकर्ता सडकमा निस्किएका छन् । पुर्व पश्चिम राजर्माग ठप्प छ भने बजार, पसल चल्न सकेका छैनन् । स्कुल, कलकारखाना पनि बन्द गरिएको छ । केहि दिन देखि परेको सित लहरको पनि बन्दकर्ताले कुनै प्रवाह नगरि आन्दोलनमा निस्किएका छन् । जनता स्वतफुर्त रुपमा सडकमा उत्रिएका छन् । 

यता सदरमुकाम तौलिहवामा आइतबार बसेको संघर्ष समितिको बैठकले प्रदेश नम्बर ५ लाई टुक्राउने सरकारी प्रस्तावलाई बिफल बनाउन जिल्ला बन्द सहीत चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष तथा समितिका संयोजक झबीलाल पोख्रेलले बताउनुभयो । सोमवार अर्थात आज तौलिहवाको आनन्दबाग स्थित राधा कृष्ण मन्दिर देखि प्रशासन चोक सम्म रिोध र्याली पछि कोण सभा गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै संशोधनको बिरोधमा ज्ञापन पत्र दिने र सो फिर्ता नभए सम्म बिरोधका कार्यक्रम जारी रहने समितीका सदस्य एवम नेकपा मालेका जिल्ला सचिव शंकर प्रसाद आचार्यले वताउनु भयो  । प्रस्ताव दर्ता गराए यता पुर्व पश्चिम राजमार्ग केन्द्रित आन्दोलन गरिएकाले राजमार्ग ठप्प बनेको छ ।

 

यसैबिच राप्रपाका केन्द्रिय सदस्य एवं युवा नेता अजय थापाको नेतृत्वमा जिल्लाको चन्द्रौटामा मोटरसाइकल र्याली समेत निकालिएको छ  । बन्दकर्ताले  दिनभर चन्द्रौटा चोकमा विरोध प्रदर्शन गरेका छन् । एमाले सम्बद्ध युवा संघ नेपालका अध्यक्ष गणेश के.सी.ले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।  राष्ट्र र जनताको हितको पक्षमा आन्दोलन भएकाले सबैले ऐक्यबद्धता गर्नुपर्ने के.सी.ले बताउनुभयो । कपिलवस्तुमा आन्दोलन सशक्त पार्न शनिबार सर्बदलीय, सर्वपक्षीय वैठकले एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिको सहसंयोजकमा नेपाली कांग्रेसका नेता डोलकराम घिमिरेलाई चयन गरिएको छ । राप्रपा ,माले र जनमोर्चा लगायतका दलहरु सहित सामाजिक संघ सस्थाका गरी ८३ सदस्यीय संघर्ष परिचालन समिती कपिलवस्तुमा गठन भएको छ ।

त्यस्तै प्रदेश विभाजनको विरोधमा कपिलवस्तुको चन्द्रौटामा आइतबार ई–रिक्सा र्याली निकाली विरोध प्रदर्शन गरिएको छ । शिवगढी ई–रिक्सा समितिले विरोध प्रदर्शनमा उत्रिएको हो । विगत ५ दिनदेखि  भइरहेको आन्दोलनलाई समर्थन जनाउँदै ई–रिक्सा र्याली निकालेको समितिका अध्यक्ष रामबहादुर रेश्मीमगरले बताउनुभयो । 

चन्द्रौटा चोकबाट निकालिएको र्याली पूर्व खरेन्द्रपुर पुगी पुनः चन्द्रौटा हुँदै शिवपुर पुगेर चन्द्रौटामै आई कोणसभामा परिणत भएको थियो । र्यालीमा ५० बढी ई–रिक्साको सहभागिता रहेको समितिका सचिव कमल अधिकारीले जानकारी दिनुभयो । गत मंसिर १४ गते मंगलबार प्रचण्ड सरकारले संविधान संशोधनको नाममा प्रदेश नं. ५ बाट पहाडी ५ जिल्लालाई अलग गरी संशोधन प्रस्ताव दर्ता गरेपछि  विभिन्न राजनीतिक दलहरु ऐक्यबद्धता जनाउँदै विरोधमा उत्रिएका छन् । 

यता अनेरास्ववियु र युवा संघले पनि आन्दोलनलाई ससक्त बनाएको छ । आन्दोलनमा नेविसंघ, अखिल छैठौ लगायतका विद्याथी संगठनको पनि ऐक्यबद्धता रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल