२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा आन्दोलनको स्वरुप परिवर्तन हुने

२०७३, २१ मंसिर मंगलवार १३:००

दिपक अनुरागी | मंसिर २१, कपिलवस्तु | प्रदेश नम्वर ५ बाट पहाडी जिल्लालाई अलग गराएको विरोधमा कपिलवस्तुमा संचालन हुदै आएको आन्दोलनको स्वरुप भोलीदेखि परिवर्तित हुने भएको छ । 

कपिलवस्तु संघर्ष समितिको चारनम्बरमा आज बसेको संयुक्त वैठकले एकसाता देखि हुदै आएको जिल्ला बन्द, हडताल जस्ता कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । जिल्लामा एकसातादेखि शैक्षिक संस्था, यातायात, कलकारखाना, बजार बन्द हुँदा नागरिकले सास्ती भोग्नु परेकोले आन्दोलनका कार्यक्रमको स्वरुप परिवर्तन गरिएको संघर्ष समितिका संयोजक झविलाल पोख्रेलले बताउनु भयो । परिवर्तित आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाउने बताउदै सवै जनवर्गाीय संगठनलाई परिचालन गर्ने, २३ गते शिक्षक, प्राध्यापक, संघसंस्थाद्धारा जिल्ला प्रशासन कार्यालय तौलिहवमा संयुक्त ज्ञापनपत्र पेश गर्ने, २५ गते युवा विद्यार्थीहरुको तर्फबाट चन्द्रौटामा बृहत विरोध सभा अयोजना गर्ने, २७ गते महिला संघ संगठनद्धारा गोरुसिंगेमा बृहत विरोध प्रदर्शन गर्ने र ३० गते सदरमुकाम तौलिहवामा कपिलवस्तु संघर्ष समितिको अगुवाईमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको संयोजक पोख्रलले बताउनु भएको छ । 

संघर्ष समितिको वैठकमा नेपाली काग्रेसबाट पदम खनाल, नेकपा मालेका शंकर आचार्य, राष्टिय जनमोर्चाका हिमलाल वाग्ले, राप्रपा अजय थापा लगाएले सरकारले ल्याएको संशोधनको प्रस्ताव फिर्ता नलिए कडा रुपमा २४ घण्टे बन्द हडतालका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । 

यसैबीच संघर्ष समितिले कपिलवस्तुको बुद्धरंगशालामा हुन गइरहेको आठौं कपिलवस्तु महोत्सवलाई सघाउने समेत निर्णय गरेको छ । बैठकले संघर्ष समितिको सचिवालयमा सदस्यहरुमा थप गरेको छ । यसैबीच विभाजित संघीयताको विरुद्धमा भएको देशको विषम परिस्थितीका कारण कपिलवस्तु जिल्लाका शैक्षिक संस्थाहरु बन्द भई पठन पाठनमा असर परेको बताउदै राजनीतिक दल र पेशागत संगठनबीच भएको वैठकले सवै विद्यालयहरुमा पठनपाठन र परिक्षा संचालन गर्ने सहमति भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी