१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा आन्दोलनको स्वरुप परिवर्तन हुने

२१ मंसिर २०७३, मंगलवार १३:००

दिपक अनुरागी | मंसिर २१, कपिलवस्तु | प्रदेश नम्वर ५ बाट पहाडी जिल्लालाई अलग गराएको विरोधमा कपिलवस्तुमा संचालन हुदै आएको आन्दोलनको स्वरुप भोलीदेखि परिवर्तित हुने भएको छ । 

कपिलवस्तु संघर्ष समितिको चारनम्बरमा आज बसेको संयुक्त वैठकले एकसाता देखि हुदै आएको जिल्ला बन्द, हडताल जस्ता कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । जिल्लामा एकसातादेखि शैक्षिक संस्था, यातायात, कलकारखाना, बजार बन्द हुँदा नागरिकले सास्ती भोग्नु परेकोले आन्दोलनका कार्यक्रमको स्वरुप परिवर्तन गरिएको संघर्ष समितिका संयोजक झविलाल पोख्रेलले बताउनु भयो । परिवर्तित आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाउने बताउदै सवै जनवर्गाीय संगठनलाई परिचालन गर्ने, २३ गते शिक्षक, प्राध्यापक, संघसंस्थाद्धारा जिल्ला प्रशासन कार्यालय तौलिहवमा संयुक्त ज्ञापनपत्र पेश गर्ने, २५ गते युवा विद्यार्थीहरुको तर्फबाट चन्द्रौटामा बृहत विरोध सभा अयोजना गर्ने, २७ गते महिला संघ संगठनद्धारा गोरुसिंगेमा बृहत विरोध प्रदर्शन गर्ने र ३० गते सदरमुकाम तौलिहवामा कपिलवस्तु संघर्ष समितिको अगुवाईमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको संयोजक पोख्रलले बताउनु भएको छ । 

संघर्ष समितिको वैठकमा नेपाली काग्रेसबाट पदम खनाल, नेकपा मालेका शंकर आचार्य, राष्टिय जनमोर्चाका हिमलाल वाग्ले, राप्रपा अजय थापा लगाएले सरकारले ल्याएको संशोधनको प्रस्ताव फिर्ता नलिए कडा रुपमा २४ घण्टे बन्द हडतालका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । 

यसैबीच संघर्ष समितिले कपिलवस्तुको बुद्धरंगशालामा हुन गइरहेको आठौं कपिलवस्तु महोत्सवलाई सघाउने समेत निर्णय गरेको छ । बैठकले संघर्ष समितिको सचिवालयमा सदस्यहरुमा थप गरेको छ । यसैबीच विभाजित संघीयताको विरुद्धमा भएको देशको विषम परिस्थितीका कारण कपिलवस्तु जिल्लाका शैक्षिक संस्थाहरु बन्द भई पठन पाठनमा असर परेको बताउदै राजनीतिक दल र पेशागत संगठनबीच भएको वैठकले सवै विद्यालयहरुमा पठनपाठन र परिक्षा संचालन गर्ने सहमति भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु