मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एमाले बिरुद्ध कपिलवस्तुमा भण्डाफोर, ओलीको पुत्ला जलाइयो

२०७३, २२ मंसिर बुधबार ०३:१०

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

मंसिर १४ गते संशोधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले पार्टीले प्रदेश नः५ अखण्ड राख्नुपर्ने मांग गर्दै बुटवल लगायत महेन्द्र राजमार्ग अवरुद्ध पारेको छ । सो बन्दको बिरोध स्वरुप संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा तथा संघीय गठबन्धनले एमाले पार्टीको भण्डाफोर तथा केपी शर्मा ओलीको पुत्ला दहन कार्यक्रम गरिएको हो । 

क्षेत्र नः ५ मा पहाडी जिल्ला समावेश गराई बिष्णु पौडेललाई मुख्यमन्त्री बनाउने ओलीको सपनालाई धक्का दिने संशोधन प्रस्ताव पेश भएको कारणले नै एमालेले बन्दको घोषणा गरेको हो भन्ने बुझाई पुर्व राज्यमन्त्री ईश्वर दयाल मिश्रको रहेको छ । पुर्व राज्यमन्त्री मिश्रका अनुसार तीन ठुला दलले मधेशको मांग सम्बोधन नगरिए ब्यावस्थापिका संसदको म्याद बढाउनको लागि यस्तो संशोधनको षड्यन्त्र रचेको हो । उनले भने – 'एमाले अध्यक्ष ओली त्यसको मुख्य नायक हुन जसको सिके राउतसंग अन्तरसम्बन्ध रहेको छ, राउतले मधेशलाई बिखण्डित गर्ने कार्यक्रम गर्दै आएको छ भने ओलीले त्यसमा घ्यू हाल्ने काम गर्दै आएका छन् ।' राजमार्गमा पुग्ने र चक्काजाम गर्ने कार्य एमाले कार्यकर्ता र त्यसका भार्तसंगठन मात्रै रहेको मिश्रको दाबी छ । 

नेकपा एमालेले गर्दा नै संविधान संशोधन अवरुद्ध भएको तथा बन्द अराजकता बढेको उनले बताए, आफ्नो बहुमतको दम्भ देखाउदै आएकोले अहिले देश जटिल मोडमा आईपुगेको सदभावना पार्टीका केन्दीय सदस्य रविदत्त मिश्रको भनाई छ ।

ओलीको पुत्ला दहनमा संघिय युवा मोर्चाका जिल्ला अध्यक्ष अजित सिहं, सदभावना पार्टीका शिवकुमार गुप्ता, राहुल सिहं लगायत मधेशी दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते