दिपक अनुरागी  । मंसिर २२, कपिलवस्तु । रक्षामन्त्री बालकृष्ण खाणले आफु जन चाहना विपरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी  । मंसिर २२, कपिलवस्तु । रक्षामन्त्री बालकृष्ण खाणले आफु जन चाहना विपरि"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पाँच नम्बर प्रदेश टुक्राउने पक्षमा छैन्ः रक्षामन्त्री खाण

२२ मंसिर २०७३, बुधबार १३:३९

दिपक अनुरागी  । मंसिर २२, कपिलवस्तु । रक्षामन्त्री बालकृष्ण खाणले आफु जन चाहना विपरित कतै नलाग्ने स्पष्ट पार्नुभएको छ ।

कपिलवस्तुको बुद्धरंगशाला जीतपुर चारनम्बरमा बुधबार देखि शुरु भएको आठौ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले पाच नम्बर प्रदेश नटुक्राउने पक्षमा आफु अहिले मात्र नभइ पहिले देखि लागी परेको दाबी गर्नुभयो । पाच नम्बर प्रदेश टुक्राउने गरी दर्ता गरिएको संबिधान संशोधन बिधेयकमा आफुले पार्टि र सरकार समक्ष फरक मत राखेर संर्घष गरिरहेको उहाले जनाउनुभयो । 

कतिपय नेताहरुले सरकारले रातीको समयमा संबिधान संशोधन प्रस्ताव दर्ता गर्नुको कारण मागिरहेको बेला मन्त्री खाणले आफ्नो विमतीको कारण दिउसोमा दर्ता गर्नुपर्ने प्रस्ताव रातीमा हुन पुगेको बताउनुभयो । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री खाणले देशमा दलिय सहमतीको आवश्यक्ता रहेकोमा जोड दिनुभयो । आफु विद्यार्थी काल देखि राजनिति गरेकोले मन्त्रीको पद ठुलो नभएको तर जन चाहना विपरित कुनै काम नगर्ने स्पष्ट पार्नुभयो । 

पहाड र तराई मिलेर बनेको प्रदेश देशकै उत्कृष्ट रहेको उहाले बताउनुभयो । राजनितिक मुद्धालाई जनताको बिचमा ल्याई सामाजिक सद्भाव फैलाउन नहुने उहाले तर्क राख्नुभयो ।

सोहि समारोहमा बोल्दै सासंद अतहर कमालले नेकपा एमालेले जनता उचाल्ने काम गरेको आरोप लगाउनुभयो । एमाले प्रति निकै आक्रमक शैलीमा प्रस्तुत भएका सासंद कमालले कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा र आफु सहित दुई स्वतन्त्र सासंदको बिचमा नवलपरासीको दाउन्ने देखि बर्दिया सम्मलाई लुम्बिनी तराई प्रदेश बनाउने विगतमै सहमती भएको ठोकुवा गर्नुभयो । 

महोत्सवको बारेमा जानकारी दिदै कपिलवस्तु उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक यज्ञ प्रसाद भट्टराईले ढाई लाख दर्शक भित्त्राई करिब ४ करोडको कारोबार गर्ने आयोजकले अपेक्षा राखेको बताउनुभयो ।  

कार्यक्रममा रुपन्देहिका सासंद सोनिया यादव, उद्योग बाणिज्य सघका केन्द्रिय सदस्य दिपक लम्साल, बुटबल उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सदस्य रविराज आचार्य, नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका हिमलाल वाग्ले, नेकपा माओबादीका संघ प्रसाद थारु, क्रान्तिकारी माओबादीका जिल्ला इन्चार्ज समिर केशि, उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र पौडेल लगायतले बोल्दै महोत्सव सफलताको शुभकामना दिनुभएको थियो । 

महोत्सव मुल आयोजक समितीका संयोजक यज्ञ प्रसाद भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कपिलवस्तु उद्योग बाणिज्य समितीका वरिष्ठ उपाध्यक्ष गुणानिधि भुषालको स्वागत मन्तव्य र महासचिव छविरेश्मी मगरको सञ्चालनमा सम्पन्न भएको थियो । 

यसैबिच महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातजातीका झायकि सहितका र्याली निकालिएको थियो । नेपालमा प्रचलित विभिन्न बाजागाजाको साथमा महोत्सवको उद्घाटन समारोह चलेको थियो । 

महोत्सवको भोली दोस्रो दिन लोक तथा दोहोरी गायिका पुर्णकला बि.सि., हास्यकलाकार राजा राजेन्द्र लगायतका कलाकार आउने महोत्सवका सांस्कृतिक संयोजक शंकर प्रसाद न्यौपानेले जानकारी दिनुभयो । महोत्वसवको सम्पुर्ण कार्यक्रम सामुदायिक टेलिभिजन बुद्धआवाजले निरन्तर प्रसारण गर्ने व्यवस्था मिलाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु