सलिम अन्सारी | पुस २, प्यूठान | संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शनिबार  दक्षिणि प्यूठानमा इलाका स्तरिय सयुक्त बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी | पुस २, प्यूठान | संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शनिबार  दक्षिणि प्यूठानमा इलाका स्तरिय सयुक्त बि"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

संशोधन प्रस्ताब बिरुद्ध प्युठानको बड्डडाडामा बिरोध सभा

२ पुष २०७३, शनिबार १६:०६


सलिम अन्सारी | पुस २, प्यूठान | संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शनिबार  दक्षिणि प्यूठानमा इलाका स्तरिय सयुक्त बिरोधसभा आयोजना गरिएको छ ।

संयुक्त संघर्ष समितिको आव्हानमा आम हड्तालको दोस्रो दिन ढुङ्गेगढीको बड्डडाडा बजारमा बिरोधसभा गरिएको  हो । बिरोध प्रदर्शनमा ढुङ्गेगदि क्षेत्रका व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गराइ   आन्दोलनमा सहभागी भएका थिए ।प्रदर्शनमा उत्रिएका नागरिकहरुले संशोधन प्रस्तावचाहिँदैन, पोखरा गइदैन,५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन पाइदैन, हिमाल पहाड तराई कोही छैन पराई, सिमांकन प्रस्तावको विरोधमा जुटौं, पहाड र तराईलाई नछोडौं लगायतका नारा लगाउदै  बजार परिक्रमा गरेका थिए ।

सरकारले प्रदेश बिभाजन गर्ने निर्णय गरेकाले आफुहरु आन्दोलित हुन परेको भन्दै सरकारले जनभावनाको कदर नगरे ठूलो मूल्य चुकाउनु पर्ने  एमाले जिल्ला कमिटी सदस्य मोहम्मद हलिमले बताए ।विरोध र्यालीपछि आयोजित  आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद् धनबहादुर रायमाझीले  प्रक्रियामा गए पनि  संशोधन विधेयक पारित  नहुने बताए। दुई सयजना सांसद् संशोधनको विपक्षमा रहेकाले बिधेक पास हुन नसक्ने उनको भनाइ छ। सासंद रायमाझीले भने, ’ बिधेक फिर्ता लिनुको बिकल्प छैन।'उनले पाँच नम्बर प्रदेशका सबै पहाडी जिल्लाबाट दुई घण्टामै तराईमा झर्न सकिने भएकाले यही प्रदेश नै पायक पर्ने बताए ।

  सरकारले सीमांकन हेरफेर गर्न खोजेका जिल्लाका जनताहरु आन्दोलित भएकाले सरकारपछि हट्नुको विकल्प नभएको उनको भनाइ छ ।  


कोणसभालाई सम्बोधन गर्दै राजमो  प्यूठानका जिल्ला सदस्य नवराज रानाले प्युठानी जनता सिमाङकनको पक्षमा नरहेको बताए।

कांग्रेसका ढ्ङ्गेगढी गाबिसका इकाइ सचिब खुम बहादुर खड्काले  आफ्नो पार्टी सत्तामा रहे पनि ५ नम्बर प्रदेश बिभाजन गर्ने निर्णय जनताको पक्षमा नभएकाले बाध्य भएर आन्दोलन गरिरहनु परेको उल्लेख गरे । क्रान्तिकारी माओबादिका जिल्ला सहसंयोजक कृष्ण बहादुर रानाले संशोधन प्रस्ताब राष्टघाती राष्ट्रबिरोधी प्रस्ताब भएको भन्दै सरकारले तत्काल फिर्ता लिनुपर्ने धारणा राखे। त्यस्तै एमाले प्युठानका प्रभावशाली युवा नेता जिल्ला उपसचिव मधुर शर्माले सिमाङ्कन बिरुद्ध शसक्त आन्दोलनमा उत्रन आग्रह गरे।अहिले भएको सभा बाघको डमरु मात्र भएको उल्लेख गर्दै उनले यदि बाघको डमरुलाइ गिज्याइयो र  यो जनआवाजलाइ सरकारले बेवास्ता गर्दै गए बाघ गर्जेर आउने र उक्त आन्दोलन सरकारले थेग्न नसक्ने गरि हुने बताए।  बिरोधसभामा हंसपुर,बाङ्गेसाल र ढुङ्गेगदिका सयौ नागरिकको सहभागिता थियो।

महिनादिनदेखि आन्दोलित प्यूठानीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आमहड्ताल भोलि पनि जारी रहने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु