कृष्ण खनाल/पुस ६, बुटवल । गोली प्रहारबाट हत्या गरिएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुटवलमा शब यात्रा निकालिएको छ । 

बुट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/पुस ६, बुटवल । गोली प्रहारबाट हत्या गरिएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुटवलमा शब यात्रा निकालिएको छ । 

बुट"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलमा तिवारीको शब यात्राको तयारी

२०७३, ६ पुष बुधबार ०८:१३


कृष्ण खनाल/पुस ६, बुटवल । गोली प्रहारबाट हत्या गरिएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुटवलमा शब यात्रा निकालिएको छ । 

बुटवलको अञ्चल अस्पताल परिषरबाट शव यात्रा निकालिएको हो ।

आफ्ना मागहरुप्रति जिल्ला सुरक्षा समिति लचिलो भएपछि शब बुझ्न र शब यात्रा गर्न आन्दोलनकारीहरु तयार भएका हुन् । हत्या बिरुद्ध तीन दिनदेखि बुटवलमा आन्दोलन भईरहेको छ । यसैचि संयुक्त संघर्ष समिति रुपन्देहीले बित्रप्ति जारी गर्दै हत्याको निन्दा गरेको छ ।

प्रेस  विज्ञप्ति

नेकपा एमालेका कार्यकर्ता तथा युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको यहि २०७३ पौष ४ गते दिउँसो ३ः३० बजे गोली हानी हत्या भएको दुखद खवरले हामीलाई स्तब्ध बनाएको छ ।

प्रदेश नम्बर ५ लाई विभाजित गर्ने उद्देश्यका साथ सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावका विरुद्ध रुपन्देहीमा युवाहरुको आन्दोलनको नेतृत्व प्रदान गरिरहेका लोकप्रिय युवा नेताको तीन दिने आम हडतालको भोलीपल्ट भएकोे वर्वर अपराधिक हत्याको घटनाप्रति संयुक्त संघर्ष समिति घोर निन्दा, भत्सर्ना गर्दछ ।

नेपाली राजनितीमा उदाउदो ताराको रुपमा देखिएका दुर्गा तिवारीको हत्याले यस क्षेत्रमा देखा परेको कमजोर सुरक्षा स्थितिप्र्र्ति सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छ ।

गोली प्रहार गरी भएको हत्याबाट संयुक्त संघर्ष समिति बिचलित नभई दुर्गा तिवारी हत्याकाण्डलाई समेत संविधान संशोधन विद्येयक बिरुद्धको आन्दोलनसँगै अझ उचाईमा पु¥याउने चेतावनी दिदै सशक्त ढंगले आन्दोलनमा सहभागी हुन संयुक्त संघर्ष समिति आम नागरिकलाई आग्रह गर्दछ ।

एउटा जिम्मेवार नागरिक र आन्दोलनको अगुवाको रुपमा रहेका तिवारीको यस दुखद र अपराधिक हत्याको घटनालाई सामान्य रुपमा नलिन तथा यथासिघ्र अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न र अपराधीलाई गिरफ्तार गरी कडा भन्दा कडा दण्ड सजाय गर्न सरकारसँग जोडदार माग गर्दछ ।

मिति: २०७३ पौष ६ गते

संयुक्त संघर्ष समिति

रुपन्देही


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने