११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न्यौपानेको अध्यक्षतामा विपी स्मृति भवन निर्माण मूल समिति गठन

६ पुष २०७३, बुधबार ०८:३३

प्रज्वल पौडेल । पौष ६, रामेछाप ।

 नेपाली काङ्ग्रेस रामेछापले विपी स्मृति भवन
निर्माण मूल समिति गठन गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रामेछापको
मंगलबार बसेको बैठकले लबश्री न्यौपानेको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेको
हो । समितिमा सचिव लेखबहादुर कार्की
,कोषाध्यक्ष कुमार श्रेष्ठ, सदस्यहरुमा झपडराज भण्डारी, चन्द्र राउत, नारायण
खड्का
,राजु श्रेष्ठ, सुमित्रा मोक्तान र जितेन्द्र मोक्तान
रहनु भएको छ । सदरमुकाम मन्थलीमा नेपाली काङग्रसको नाममा रहेको जग्गामा भवन
निर्माण गर्न लागिएको हो ।

यसैगरी माघ मसान्तभित्र  किसान संघको जिल्ला अधिवेशन सम्पन्न गर्न मदन
अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको काङ्ग्रेस रामेछाप सचिव
लेखबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरुमा रामचन्द्र बस्नेत
, सुमित्रा मोक्तान, लालबहादुर तामाङ र इन्द्र माझी रहेका
छन् । बैठकले पौष १६ गते ४१ औ राष्ट्रिय मेलमिलाप दिवस रामेछापको गेलु गाविसमा
मनाउने निर्णय समेत गरेको छ ।

यसैविच बैठकले रामेछापको कोलन्जर घाटमा निर्माण
कार्य सूरु गरिएको सुनकोसी पक्की पूल सोहि स्थानमा छिटो निर्माण कार्य सूरु गर्न
नेपाल सरकार भौतिक निर्माण तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।
पुललाई अन्यत्र सार्ने प्रयास भए काङग्रेस कडा आन्दोलनमा जाने निर्णय गरिएको सचिव
कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह