४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारीलाई शहिद घोषणा गर्न सिफारिस, तिवारीको बुटवलमा भव्य शव यात्रा

६ पुष २०७३, बुधबार १३:४२

कायरतापुर्ण हत्याः उपमहासचिव पौडेल

अपराधिलाई कारवाही हुनपर्दछः भुषाल

सहिद घोषणा नगरेसम्म आन्दोलनः पहारी

कृष्ण खनाल । पुस ६, बुटवल  । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको दास्रो दिन बुटवलमा भव्य शव यात्रा निकालिएको छ । युवा संघ नेपाल रुपन्देही र जिल्ला  सुरक्षा समितिका विचमा वार्ता भई स्वर्गीय तिवारीलाई सहिद घोषणाको लागि  नेपाल सरकार गृह मन्त्रालय संग सिफारिस गर्ने सम्झौता भएपछि युवा संघ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा शव यात्रा निकालिएको हो । बुटवलको अस्पताललाईनबाट सुरु भएको शव यात्रा मृतक तिवारीको घर देवदह सम्म पुगेको थियो ।

बुटवलमा आयोजना गरिएको शोक सभलाई सम्बोधन गर्दै एमाले उपमहसचिव, पुर्व मन्त्री  तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु पौडेलले तिवारीको हत्या कारतापुर्ण हत्या भएको बताए । उनले देश जटिल अवस्थामा रहेको बेला बेला एक  होनाहार, कर्मठ युवा राजनीतिक कर्मीको हत्या गरेर अपराधिले कायरता प्रर्दशन गरेको  धारणा राखेका थिए ।

उनले एक जना दुर्गा तिवारीको हत्या हुदैमा राष्ट्रियता, जनजिविका र लोकतन्त्रको पक्षमा आन्दोलन नरोकीने भन्दै उनले भने–‘एक जना दुर्गा तिवारीको हत्या हुदैमा आन्दोलन रोकीने वाला छैन, हजारौ जनता दुर्गा तिवारी बन्न तयार छन् ।’

सरकारले जहिले सम्म तिवारीको हत्यारालाई कानुनको काठघरामा ल्याउन नसके सम्म जनताको पक्षमा एमालेको आन्दोलन जारी रहने उनको धारणा रहेको थियो । उनले तिवारीको हत्याको सरकार प्रमुखका हैसियतले प्रधान मन्त्री पुष्पकमल दाहाल र गृह प्रशासनको हिसावले गृह मन्त्री  विमलेन्द्र निधिले जवाफ दिनुपर्ने बताएका थिए ।

यस्तै शोक सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव घनश्याम भुषालले सामजिक कार्यकर्ताको निधले देश नै स्तब्ध भएको भन्दै उनको हत्या पछि आम मानिस कति सुरक्षित छन् भन्ने  विषयमा प्रश्न चिन्ह खडा भएको बताएका थिए । उनले भने–‘राजमार्गको छेवैमा, दिन दहाडै एउटा नागरिकको हत्या हुन्छ, भने सरकारको शान्ती सुरक्षामा  प्रश्न चिन्ह खडा भएको छ ।’ उनले सरकारले सत्यतथ्य रुपमा दोषि पत्ता लगाएर कानुनी कारवाही नगरे सम्म युवाहरुको खबरदारी निरन्तर चलिरहने समेत  बताए ।

यस्तै शोक सभामा सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष  राजिव पहारीले सरकारले स्वर्गीय तिवारीलाई सहिद घोषणा नगरे सम्म युवाहरुको आन्दोलन नथामिने बताएका थिए । उनले तिवारीको हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गर्दै कारवाही नभएसम्म आफुहरु चुप लागेर नबस्ने बताएका थिए । उनले भने–‘एक जनाको हत्या हुदैमा राष्ट्रियताको झण्डा झुक्ने छैन, आन्दोलन जारी रहनेछ, स्वर्गीय तिवारीको हत्यारालाई कारवाही गराएरै छोड्ने कसम खाएका छौं ।’शोक सभावमा युवा संघ नेपालका नेता सुजु मल्लले जिवनीबारे प्रकाश पारेका थिए । उनले सरकारले सहिद घोषणा नगरे सम्म आन्दोलन जारी रहने समेत धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ