११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकार विरुद्धको आन्दोलन रचनात्मक बन्दै

७ पुष २०७३, बिहीबार ०२:५७

दिपक अनुरागी/पूस ७, कपिलवस्तु । सरकारले संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै ५ नम्बर प्रदेशमा करिब १ महिना देखि आन्दोलन चलिरहेको छ । शुरुवातका दिनमा हप्ता एक बन्द गरी चरणबद्ध आन्दोलनमा उत्रेका कपिलवस्तु लगायत जिल्लाका राजनितिक दलले अहिले भने आन्दोलनलाई रचनात्मक तरिकाले अगाडी बढाइरहेका छन् । 

मङ्गलबार युवा तथा विद्यार्थीले सिठ्ठि जुलुस निकालेर सरकारको विरोध गरेका थिए भने बुधबार महिलाहरुले थाल ठटाएर सरकारको ध्यानाकर्षण गरेका छन् । आज जिल्लाको चन्दैटामा शिक्षक, प्रध्यापक, अधिकारकर्मी, पत्रकार, नागरिक समाजले कार्यक्रम गर्न लागेको संयुक्त आन्दोलन संघर्ष समितीका संयोजक तथा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । 

उक्त कार्यक्रममा सहभागीता जनाउनु हुन संघर्ष समितिका सहसंयोजक डोलकराम घिमिरेले सबैमा आह्वान पनि गर्नुभएको छ । 

यसैबिच मनाव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरेले प्रदेश टुक्राउने निर्णय जनभावना विपरित भएकोले सबैलाई उपस्थितीको लागी आग्रह गर्नुभएको छ । यो बिषय कुनै पार्टिको नभई समग्र प्रदेशका नागरिकको भएकोले आन्दोलनमा सहभागीता जनाउनु हुन उहाले विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ । 

उता प्रेस चौतारीका केन्द्रिय सदस्य पार्वती पाण्डे र शाखा अध्यक्ष हरी अधिकारीले पनि चन्द्रौटामा आज हुन लागेको कार्यक्रममा सहभागी हुन सबै पत्रकारलाई आग्रह गर्नुभएको छ । समग्र पत्रकारिता जगतले पनि प्रदेश टुक्राउने कदम प्रति विरोध गरेको जनाउदै सरकारलाई कलमबाट दबाब दिनुपर्ने बताउनुभएको छ ।

यसैबिच कपिलस्तुका अधिकारकर्मी पोमनारायण पौडेलले पाच नम्बर प्रदेश टुक्राउने सरकारको कदम जनभावना विपरित रहेको तर्क गर्नुभएको छ । सरकारले उक्त निर्णय गर्दा वित्तिकै प्रदेशभरी भैरहेको आन्दोलनलाई सामान्य रुपमा नहेर्न सरकारलाई अधिकारकर्मी पौडेलले आग्रह गर्नुभएको छ । 

आज चन्द्रौटा हुन गैरहेको विरोध कार्यक्रममा उपस्थित हुन पनि उहाले सबैमा आग्रह गर्नुभएको छ । आफ्नो अधिकारको आन्दोलनमा स्वर्तस्फूत सहभागी भई संघर्षलाई उपलब्धिमुलक बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह