पुस ८, सुर्खेत । बिभिन्न ६ बुँदे सामूहिक प्रतिवद्धता गर्दै सुशासन तथा जवाफदेहीता अभिवृद्धिका लागि आयोजना गएिको २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ८, सुर्खेत । बिभिन्न ६ बुँदे सामूहिक प्रतिवद्धता गर्दै सुशासन तथा जवाफदेहीता अभिवृद्धिका लागि आयोजना गएिको २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार नियन्त्रणका लागि ६ बुँदे प्रतिबद्धता

८ पुष २०७३, शुक्रबार १२:३२


पुस ८, सुर्खेत । बिभिन्न ६ बुँदे सामूहिक प्रतिवद्धता गर्दै सुशासन तथा जवाफदेहीता अभिवृद्धिका लागि आयोजना गएिको २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीमा सहभागी सरोकारवालाहरुले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता,सुशासन तथा जवाफदेहीता अभिबृद्धिका लागी सामुहिक प्रतिवद्धता जनाएका छन । उनीहरुले सरकारी तथा गैरसरकारी निकाय,संघ संस्थामा नागरीक वडापत्र,सूचना पार्टि,सुचना अधिकारी,गुनासो सुनुवाईको संरचनालाई प्रभावकारी बनाउँने प्रतिवद्धता जनाएका छन । 

सहभागीहरुले सुशासन कायम गर्नका लागि सबैले आफ्नो ठाउँबाट पहल थाल्नुपर्नेमा जोड दिएका छन । जिल्ला बिकास समिति सुर्खेतको सहयोगमा भएको भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता,सुशासन तथा जवाफदेहीता अभिवृद्धिमा सरोकारवालाको भूमिका विषयक कार्यशालामा सहभागीहरुले नैतीकतामा सुधार ल्याउँन सकेमा सुशासन कायम हुने निष्कर्ष निकालेका छन । 

समापन कार्यक्रममा निमित्त स्थानीय बिकास अधिकारी परशुराम उपाध्यायले जिबिसवाट हुने योजना तर्जुमाको कार्यान्वयन तथा मुल्यांङकन गरेर सुशासन कायम गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । उपाध्यायले भ्रष्टाचार नियन्त्रणका लागि पत्रकारहरुको भूमिका सबै भन्दा महत्वपूर्ण हुने भएकाले समाजमा सुशासन कायम गर्ने अभियानमा सधै खबरदारि गरेर सहयोग गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा जिल्ला बिकास समितीका सामाजिक बिकास अधिकृत टंकपंसाद लामिछानेले सुशासन कायम गर्नका लागी जिम्मेवार निकायहरुने प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका डिएसपि बहादुरजंग मल्लले भ्रष्टाचार न्युनिकरण गरी सुशासन कायम गर्ने सवालमा सधै प्रतिवद्ध रहेको बताए । गोष्ठीको सहजिकरण किर्डाक नेपाल र सहयोग स्ट्रोमा फाउन्डेसनले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते