२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गौ हत्या विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टिको विरोध

२०७३, १२ पुष मंगलवार १२:२०

माधव वेल्वासे/पुस १२, कपिलवस्तु । कैलालीमा १ सय २० वटा गाईगोरु मारेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टि कपिलवस्तुले विरोध जनाएको छ । 

धार्मिक स्थल कैलालीको गोदावरी वनमा १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि पार्टिले विरोध जनाएको छ । कपिलवस्तुको चन्द्रौटामा पत्रकार सम्मेलन गरि प्रशासनले कारवाहि नगरे शसक्त विरोध सहित आन्दोलन गर्ने जानकारि गराइएको छ ।

नेपालको राष्ट्रिय जनावर को हत्या गर्ने अपराधिलाई छिटो भन्दा छिटो कारवाहिको दायरामा ल्याउनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय युवा नेता अजय थापाले वताए ।यो घटना हुनु भनेको हिन्दुहरु माथि प्रहार गरेको समेत थापाले वताए  ।

हिन्दु राष्ट्र माग गर्दै आएको पार्टिलाई यो घटना असाहानिय रहेको समेत पत्रकार सम्मेलनमा वताइएको थियो । मंगलबार हिन्दुबादी संगठनहरु मध्यपश्चिम क्षेत्रमा आमहडताल गरेकोले र यस विषयमा कुनै सुनुवाई नभएमा  नेपालनै वन्द गर्ने चेतावनि दिइएको छ ।

धर्म जातजाति को द्धन्द्ध गराउन यो असाहानिय काम गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगर अध्यक्ष राम वहादुर रायमाझिले औलाए । ८२ प्रतिशत हिन्दुहरु रहेको देशमा हिन्दुराष्ट्र कायम नगरेकोले यस्तो घटना घटेको कपिलवस्तु क्षेत्र न ४ का क्षेत्रिय उपाध्यक्ष चुरामणि तिवारिले वताए । 

कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै ति गाईगोरुलाई गोदावरी पुव्याएको स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते