2026-08-17 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

कांग्रेसले संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने

प्रकाश धौलाकोटी | पुस १३, तेह्रथुम । नेपाली कांग्रेसले जिल्लाभर संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने भएको  छ । जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले सबै नगर तथा गाउँहरुमा अगुवा कार्यकर्ता भेला गर्दै संगठन परिचालन तथा सुदृढिकरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितिको बैठकले माघ ४ गतेबाट १५ गतेसम्म जिल्लाव्यापी अभियान सन्चालन गर्ने निर्णय गरिएको कांग्रेस सचिव सन्तोष सुब्बाले जानकारी दिए । अभियान अन्तर्गत माघ ४ गते ह्वाकु र ईवाकालागि ईवामा, ५ गते छातेढुंगा र चुहानडाँडाकालागि चुहानडाँडामा, माघ ६ गते थोक्लुङ र सक्रान्तिबजारकालागि सक्रान्तिबजारमा, ७ गते सम्दु र ईसिवु गाविसकालागि ईसिवुमा, माघ ८ गते सिम्ले र जलजले गाविसकालागि औंशीडाँडामा अगुवा कार्यकर्ता भेला हुनेछ । 

यस्तै माघ ९ गते ओयाक्जुङ र पौठाक गाविसकालागि मेहेलेडाँडामा, माघ ११ गते म्याङलुङ्गमा, माघ १२ गते जिरखिम्तीबजारमा, माघ १३ गते मोराहाङ र श्रीजुङ गाविसकालागि मोराहाङमा, माघ १४ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरमा र माघ १५ गते छथर क्षेत्रका सबै गाविसकालागि शुक्रबारे बजारमा १–१ दिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको सचिव सुब्बाले बताए । 

सो अभियानमा केन्द्रिय सदस्य श्याम घिमिरे, केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ, पुर्वसभासद तुलसी सुब्बा, सभासद गणेश विमलीसहित जिल्ला पार्टी नेतृत्वले कार्यकर्ताहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ । बैठकले सक्रान्तिबजारका अग्नीपीडितलाई भुकम्पपीडित सो सरह सेवा सुविधा उपलब्ध गराइनुपर्ने तथा राहत र पुनःस्थापनाकालागि सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय भएको कांग्रेस सदस्य विपीन सुब्बाले जनाए । 

कांग्रेसले राहत संकलन गर्दै

सक्रान्तिबजारका अग्नीपीडितकालागि नेपाली कांग्रेस तेह्रथुम काठमाडौँ सम्पर्क मन्चले ५ लाख रुपैयाँ राहत संकलन गरिसकेको जनाएको छ । मन्चका अध्यक्ष गणेश घिमिरेका अनुसार काठमाडौँमा रहेका तेह्रथुमका नेपाली कांग्रेस सम्बद्ध नेता कार्यकर्ता, उद्योगी व्यापारी र सर्वसाधारणबाट गरी मंगलबार सम्म ५ लाख रुपैयाँ संकलन भइसकेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमले पनि राहत संकलनकालागि पहल गरिरहेको सचिव सन्तोष सुब्बाले जानकारी दिए । जिल्ला कार्यसमितिका पदाधिकारीहरुबाट ५० हजार बढी रुपैयाँ जम्मा हुने भएको उनले बताए । आपत्का बेला सबै गाउँ तथा नगरसमिति र भातृ संस्थाहरुबाट समेत राहत संकलन गर्न निर्देशन दिइएको उनले बताए । पौष १ गते सक्रान्तिबजारमा भएको आगलागीबाट २४ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो । अन्य ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् भने १४ करोड ८ लाख रुपैयाँको क्षति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट