2026-10-18 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

कांग्रेसले संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने

प्रकाश धौलाकोटी/तेह्रथुम, १३ पुस । नेपाली कांग्रेसले जिल्लाभर संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने भएको  छ । 

जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले सबै नगर तथा गाउँहरुमा अगुवा कार्यकर्ता भेला गर्दै संगठन परिचालन तथा सुदृढिकरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो । 

जिल्ला कार्यसमितिको बैठकले माघ ४ गतेबाट १५ गतेसम्म जिल्लाव्यापी अभियान सन्चालन गर्ने निर्णय गरिएको कांग्रेस सचिव सन्तोष सुब्बाले जानकारी दिए । अभियान अन्तर्गत माघ ४ गते ह्वाकु र ईवाकालागि ईवामा, ५ गते छातेढुंगा र चुहानडाँडाकालागि चुहानडाँडामा, माघ ६ गते थोक्लुङ र सक्रान्तिबजारकालागि सक्रान्तिबजारमा, ७ गते सम्दु र ईसिवु गाविसकालागि ईसिवुमा, माघ ८ गते सिम्ले र जलजले गाविसकालागि औंशीडाँडामा अगुवा कार्यकर्ता भेला हुनेछ । 

यस्तै माघ ९ गते ओयाक्जुङ र पौठाक गाविसकालागि मेहेलेडाँडामा, माघ ११ गते म्याङलुङ्गमा, माघ १२ गते जिरखिम्तीबजारमा, माघ १३ गते मोराहाङ र श्रीजुङ गाविसकालागि मोराहाङमा, माघ १४ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरमा र माघ १५ गते छथर क्षेत्रका सबै गाविसकालागि शुक्रबारे बजारमा १–१ दिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको सचिव सुब्बाले बताए । 

सो अभियानमा केन्द्रिय सदस्य श्याम घिमिरे, केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ, पुर्वसभासद तुलसी सुब्बा, सभासद गणेश विमलीसहित जिल्ला पार्टी नेतृत्वले कार्यकर्ताहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ । बैठकले सक्रान्तिबजारका अग्नीपीडितलाई भुकम्पपीडित सो सरह सेवा सुविधा उपलब्ध गराइनुपर्ने तथा राहत र पुनःस्थापनाकालागि सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय भएको कांग्रेस सदस्य विपीन सुब्बाले जनाए । 

कांग्रेसले राहत संकलन गर्दै

सक्रान्तिबजारका अग्नीपीडितकालागि नेपाली कांग्रेस तेह्रथुम काठमाडौँ सम्पर्क मन्चले ५ लाख रुपैयाँ राहत संकलन गरिसकेको जनाएको छ । मन्चका अध्यक्ष गणेश घिमिरेका अनुसार काठमाडौँमा रहेका तेह्रथुमका नेपाली कांग्रेस सम्बद्ध नेता कार्यकर्ता, उद्योगी व्यापारी र सर्वसाधारणबाट गरी मंगलबार सम्म ५ लाख रुपैयाँ संकलन भइसकेको छ । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमले पनि राहत संकलनकालागि पहल गरिरहेको सचिव सन्तोष सुब्बाले जानकारी दिए । जिल्ला कार्यसमितिका पदाधिकारीहरुबाट ५० हजार बढी रुपैयाँ जम्मा हुने भएको उनले बताए । आपत्का बेला सबै गाउँ तथा नगरसमिति र भातृ संस्थाहरुबाट समेत राहत संकलन गर्न निर्देशन दिइएको उनले बताए । 

पौष १ गते सक्रान्तिबजारमा भएको आगलागीबाट २४ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो । अन्य ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् भने १४ करोड ८ लाख रुपैयाँको क्षति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु