पुस १४, कपिलवस्तु । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु कार्यलयमा फेरी अर्को ताला लगाइएको छ ।

 जिल्ला स्थित १२ जना क्रियाशिल पत्रकारहरुको समुह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 पुस १४, कपिलवस्तु । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु कार्यलयमा फेरी अर्को ताला लगाइएको छ ।

 जिल्ला स्थित १२ जना क्रियाशिल पत्रकारहरुको समुह"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुमा अर्को ताला

१४ पुष २०७३, बिहीबार १२:१६


 पुस १४, कपिलवस्तु । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु कार्यलयमा फेरी अर्को ताला लगाइएको छ ।

 जिल्ला स्थित १२ जना क्रियाशिल पत्रकारहरुको समुहले महासंघ कपिलवस्तु कार्यलयमा आज ताला लगाएको हो । नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा विभेदपुर्ण निर्णय गरिएकोले कार्यलयमा तालाबन्दी लगाइएको संयुक्त पत्रकार संघर्ष समितीका संयोजक दिपक अनुरागीले बताउनुभयो ।

आज महासंघको कार्यलय परिषरमा समितीमा आबद्ध पत्रकारहरुको एक समुहले महासंघ कपिलवस्तुका कार्यबाहक सभापति किरणमान बज्राचार्य समक्ष ज्ञापन पत्र बुझाउदै तालाबन्दी गरेको हो । ज्ञापनपत्रमा हालै भएको सदस्यता सम्बन्धि निर्णयले जिल्लाबाट राष्ट्रिय तथा स्थानिय मिडियामा काम गरेका क्रियाशिल पत्रकारको आपत्ति रहेको र उक्त निर्णय तत्काल सच्चाई फेरी सदस्यता खुलाउन माग गरिएको छ ।

आन्दोलित पत्रकारको पहिलो चरणको कार्यक्रम अनुसार आज पत्रकार महासंघ शाखामा ज्ञापनपत्र बुझाई कार्यलयमा तालाबन्दी गरिएको, अग्रज पत्रकार संग छलफल गरि आफुहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरिएको संयुक्त पत्रकार संघर्ष समितीका सहसंयोजक गणेश पोख्रेलले जनाउनुभयो ।


संघर्ष समितीको ज्ञापनपत्र बुझ्दै महासंघका कार्यबाहक सभापति किरणमान ब्रजाचार्यले आन्दोलित पत्रकारको मागको बारेमा आफुहरुले छलफल गरी निकास खोज्ने आश्वसन दिनुभयो । शान्तिपुर्ण पत्रकारको आन्दोलनमा आफु नैतिक समर्थनमा रहेको बताउदै उहाले कार्यलयमा तालाबन्दी गर्नुभन्दा छलफलबाट निकास खोज्नुपर्नेमा जोड दिनुभयो ।

उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका जिल्ला कोषाध्यक्ष रमेश मिश्र, प्रेस सेन्टरका केन्द्रिय सदस्य मनिस कार्किको पनि उपस्थिती रहको थियो । उहाँहरुले पनि सबै पक्षबिच छलफल पश्चात निकास खोज्नुपर्नेमा जोड दिनुभएको थियो ।

हरेक ३ बर्षमा खुल्ने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा विवादको कारण जिल्लाका पत्रकार आन्दोलित भएका छन् । यस अघि अर्को संघर्ष समितीले पनि महासंघ कार्यलयमा तालाबन्दी गरिसकेको छ । जसको नेतृत्व बासुदेव वर्माले गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह