पुस १६, गोरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, गोरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थाम"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीले भने- निर्वाचनका लागि तयारी अवस्थामा बस्नुहोस

१६ पुष २०७३, शनिबार ०७:१२

पुस १६, गोरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । 

शनिबार कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रियामा गृहमन्त्री निधिले भने-, “स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्छ । आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय तह वा निकायको निर्वाचन गरिसक्छौँ ।” 

संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाउन सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको र संसद्बाटै पारित गर्ने उनले बताए । 

उनले भने-, “संसद्बाट संविधान संशोधन पारित गरेपछि निर्वाचनको मिति घोषणा हुन्छ । निर्वाचन कार्यालयहरुले मतदाता नामावली अद्यावधिक गर्नुहोला ।” 

उनले‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका निजी घर तथा सार्वजानिक भवन पुनःनिर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै निजी घर बनाउन अनुदान पाउन छुटेका भूकम्पपीडितलाई छिटो अनुदान दिइने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको समसामयिक अवस्थाबारे गृहमन्त्री निधिलाई जानकारी गराएका थियो । बूढीगण्डकीको मुआब्जा पुनरावलोकन, गोरखा दरबारको पुनःनिर्माण, दोस्रो किस्ता छिटो पठाउनुपर्ने तथा अनुदान पाउन छुटेका १६ हजार भूकम्पपीडितको गुनासो छिटो फस्र्याैट गर्नुपर्ने अवस्था रहेको प्रजिअले जानकारी गराए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह