पुस १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा"/>

2026-10-18 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्रथुमका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

अमृत बास्तोला, पुस १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि एक करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज घोषणा गर्नु भएको छ । तेह्रथुमको सक्रान्तिबजार भएको भिषण आगलागी क्षेत्रको स्थलगल निरीक्षण तथा अग्नीपीडितसँग भेटपछि मंगलबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैविक राहत कोषबाट १ करोड रुपैयाँ उपलब्ध गराउने बताउनु भयो । 

दाहालले आगलागी पीडितहरुकालागि राहत प्याकेजको घोषणा गर्दै सक्रान्तिबजारका अग्निपिडित परिवारलाई पुर्नःनिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रानिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडे«लको सन्चालन, दमकल खरिद, संक्रान्मिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिने समेत प्याकेजमा घोषणा गर्नु भयो । 

तत्कालै संक्रानितबजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरु पुनःस्थापनाको सम्बन्धि ठाउँमा निर्देशन भई सकेको र तत्कालै बैंकका शाखाहरु पुनःस्थापना गर्नका लागि आवश्यक पहल गरिने बताउनु भयो । जिल्लाको विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन समेत दिएको बताउनु भयो । 

बसन्तपुर म्याङलुङ सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मटोर पुलको निर्माण, तमोर नदीको तटीय  क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यत्रमा मार्पmत गरिने प्रधानमन्त्री दाहालले बताउनु भयो । 

प्रधानमन्त्री दाहालले मुलुक अहिले सबैभन्दा बढी संकटको घडीमा रहेको भन्दै यसको समाधान तर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको उल्लेख गर्नु भयो । प्रधानमन्त्री दाहालले आठराई क्षेत्र ऐतिहासिक र थुप्रै नेताहरुको जन्मस्थान भएर पनि विकासमा पछि परिरहेको देखेको भन्दै आगलागीपछि राज्यकै ध्यानाकर्षण गर्न सकेकाले अब यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रममा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदमा एमाले प्रमुख प्रतिपक्षी भएपनि सरकारका सकारात्मक कदम र समस्याहरु सुल्झाउन सधै एमालेको साथ र समर्थन रहने बताउनु भयो । कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङ, भवानी प्रसाद खापुङ र गणेश विमलीले मन्तव्य राख्नु भएको थियो  । 

पौष १ गते भएको आगलागीमा परि सक्रान्तिबजारका २४ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए भने अन्य ५ घरमा आंशिक क्षति पुगेको थियो । आगो निभाउन ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् । प्रहरी मचुल्का अनुसार आगलागीबाट १४ करोड ८ लाख रुपैयाँको धनमाल जलेर खरानी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु