पुस २४, रामेछाप । स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय निकायको चुनाव गर्ने बहस चल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, रामेछाप । स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय निकायको चुनाव गर्ने बहस चल"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ : राज्यमन्त्री जवेगु

२४ पुष २०७३, आईतवार १३:५०

पुस २४, रामेछाप । स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय निकायको चुनाव गर्ने बहस चलिरहेका बेला राज्यमन्त्री जवेगुले दश बर्षे जनआन्दोलन र नेपाली जनताका लामो संघर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्न स्थानीय तहको चुनाव गर्नुपर्ने बताउनुभएको हो । संविधानमा उल्लेख भएका संघियता, घर्मनिरपेक्षता र समानुपातिक समाबेशिता लगायतका उपलब्धि रक्षा गर्न चुनाव गर्नुपर्ने बताउनुभयो । 

रामेछाप सदरमुकाम मन्थलीस्थित मन्थली नगरपालीको पाँचौ नगरपरिषदको निर्णय सार्वजनिकीकरणमा उहाँले स्थानीय तहको चुनाव गर्न अाबश्यक पर्ने निर्वाचनसँग सम्बन्धित बिधेयक मन्त्रालयले तयार गरिसकेको दाबी गर्नुभयो । उहाँले मूलुकभरीका सबै नगरपालीका भित्रका कम्तिमा १ किलोमिटर सडक कालोपत्रे र सडकबत्ति सहितको बनाउन मन्त्रालयले बजेट बिनियोजन गरिसकेको जानकारी दिनुभयो । मन्थली नगरपालीकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र स्थानीय बिकास अधिकारी दिनेशराज पन्तले नगरपालीको योजनामा साथ दिन प्रतिबद्ध रहेको बताउनुभयाे।


- निराेजकुमार थापाकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह