१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काँग्रेशले माघ २२ गते बुर्तिबाङमा आमसभा गर्ने

२७ पुष २०७३, बुधबार १४:१०

कृष्ण कँडेल | पुस २७, बागलुङ | नेपाली काँग्रेश बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को बैठकले गाउँपालिका तथा नगरपालिका स्तरमा बैठक तथा भेला सहित क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ । 

बैठकले माघ ५ गते केन्द्रिय सदस्य अर्जुन जोसीको उपस्थितीमा बुर्तिबाङमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।  

माघ ९ गतेदेखि ११ गतेसम्म निर्वाचन क्षेत्र नम्बर–३ का प्रश्तावित नगरपालिका तथा गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरिने क्षेत्रीय सभापती द्रोणकुमार कुवरले जानकरी दिनुभयो । 

माघ ९ गते तमानलोला गाउँपालिकाको बोङ्गादोभानमा, १० गते निसीखोला गाउँपालिकाको देविस्थानमा, ११ गते बडिगाढ गाउँपालिकाको ग्वालीचौरमा र १२ गते ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भेला तथा प्रशिक्षण कार्यक्रम गरिनेछ । 

माघ २२ गते पार्टिका केन्द्रिय सदस्य तथा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री बिमलेन्दै निधिको प्रमुख आतिथ्यतामा बुर्तिबाङमा आमसभा गर्ने निर्णय भएको छ । 

भेला सम्पन्न गर्नका लागि क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । बैठकले क्षेत्रीय समितिको पदाधिकारी पनि चयन गरेको छ । क्षेत्रीय उपसभापतीमा नर्जङ घर्ती र कोषाध्यक्षमा तुल्सी नेपालीलाई मनोनित गरिएको हो । सो अबसरमा क्षेत्रीय सभापती दोर्णकुमार कुँबर, महाधिबेशन प्रतिनिधि धिरप्रतापसिंह, जिल्ला कार्यसमिति सदस्यहरु गण्डकी थापा अधिकारी र रविन्द्र बुढाथोकी तथा क्षेत्रीय सचिव तिलक घर्तीले प्रशिक्षण दिनुभएको थियो । बक्ताहरुले अब हुने स्थानिय तहको निर्वाचनमा पार्टिलाई जिताउन शशक्त अभियान सहित क्षेत्र तथा गाउँमा कार्यक्रम गर्न आग्रह गरेका थिए । 

बैठक क्षेत्रीय सभापती दोर्णकुमार कुँवरको अध्यक्षता र सचिव तिलक घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह