पुस २८, अर्घाखाँची । अर्घाखाँचीमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मासमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, अर्घाखाँची । अर्घाखाँचीमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मासमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् ।

"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

उर्जामन्त्री सहितका माओवादी नेतामाथि अर्घाखाँचीमा ढुंगामुढा

२०७३, २८ पुष बिहीबार १२:४८

पुस २८, अर्घाखाँची । अर्घाखाँचीमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मासमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ । कार्यक्रममा माओवादी नेता डिलारामा आचार्यले “देश टुक्रिनु भएन, ५ नम्बर टुक्रेमा केही हुदैन” भनेर अभिव्यक्ति दिएपछि युवाहरुले ढुगांमुढा समेत गरेका छन् ।

ढुंगा बर्सिएपछि दुईजना सर्बसाधारण घाइते भएका छन् । डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

माओवादी नेता डिलाराम आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिएको र आफू पनि अर्घाखाँचीबासी भएको भन्दै जिल्लाबासीहरुसँग माफी मागेपछि भीड नियन्त्रणमा आएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि उर्जामन्त्री शर्माले प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा “पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने” अभिव्यक्ति दिएपछि थप स्थानीय थप आक्रोशित भएका थिए ।

सन्धिखर्कमा आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका शिलशिलामा शर्मा अर्घाखाँची पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी