दलसिंह गिरी/माघ १, कालिकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही निर्माणाधिन सुनथराली विमान स्थलमा आज फिस्टे हेलिकोप्टर मार्फत सुटुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ १, कालिकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही निर्माणाधिन सुनथराली विमान स्थलमा आज फिस्टे हेलिकोप्टर मार्फत सुटुक्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुटुक्क आएका पर्यटनमन्त्री सुटुक्कै किन फर्किए काठमाडौँ ?

१ माघ २०७३, शनिबार १३:५८


दलसिंह गिरी/माघ १, कालिकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही निर्माणाधिन सुनथराली विमान स्थलमा आज फिस्टे हेलिकोप्टर मार्फत सुटुक्कै आएर सुटुक्कै फर्किनु भएको छ । 

आफु पर्यटन मन्त्रि हुँदा कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालमा सम्पन्न गरिसक्ने भनि गरिएको प्रतिवद्धता अनुसार कामको अवस्थाबारे बुझ्न निर्माणधिन स्थलमा सुटुक्क दोश्रो पटक आउनु भएको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक शन्जिप गौतम र आफ्नो अंगरक्षकको साथमा आज दिउसो करिव २ बजे निर्माणाधिन विमानस्थल आउनु भएका शाही निर्माणकार्य अध्ययन गरी काठ्माण्डौ फर्किनु भएको छ । 

करिव ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई स्टामेट रहेको विमान स्थलमा यहि माघ महिना भित्र टेष्टफ्लाईट गरिसक्ने प्रतिवद्धता अनुसार काम भए नभएको अध्ययन गर्न पर्यटन मन्त्रि शाही र महानिर्देशक गौतम आफै विमान स्थलमा पुग्नु भएको नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनीयर रत्न बहादुर श्रेष्टले बताउनु भएको छ ।

सुनथराली विमानस्थल निर्माणको जिम्मा पाएका ठेकेदार केदार कार्की र आफु विमानस्थल निर्माण कार्य रप्तारमा लैजान निर्माण स्थलमै एक हप्ता देखि खटिएकाले अब माघ महिना भित्र टेष्ट फ्लाईट हुनेमा आशाबादी रहेको इन्जिनियर श्रेष्टले बताउनु भएको छ । 

विमानस्थलमा तत्काल धावनका लागि ४० मिटर चौडाई भएको करिव ५ सय ५० मिटर धावन मार्ग सफा भैसकेकाले अब बाकी १ सय ४० मिटर धावनमार्ग कुनै प्राकृतिक विपत्ति नआईलागे माघ २५ सम्म सम्पन्न गरी टेष्टफ्लाईट गर्न सकिने इन्जिनियर श्रेष्टले बताउनु भएको हो । 

विगत ३ दशकदेखि निर्माणाधिन अवस्थामा रहेको विमानस्थलको यो पटकको ठेक्का टेन्डर करिव १ करोड ५० लाख रहेको र यसको अवधि आउदो साउन सम्म भएकाले टेन्डर अनुसार बिमान धावनमार्गको निर्माण कार्यका लागि जति पनि कामदार परिचालन गर्न सकिने बताउनु भएको छ ।

निर्माणधिन विमानमा कामदारहरु चलाउदै आउनु भएका स्थानीय डन्डमान महताराले हाल करिव १ सय ५० जना कामदार दैनिक धावनमार्ग निर्माण कार्यमा खटिएकाले माघ भित्रै धानमार्ग सफा भै टेष्टफ्लाईन गर्न सकिने मन्त्रिशाहीलाई जानकारी गराएको बताउनु भएको छ । 

सुटुक्क निर्माण स्थल आउनु भएका मन्त्रिको बिषयमा बताउदै आफु निर्माणाधिन विमानको छट्के अनुगमनको लागि यहाँ आएको र निर्माण कार्यमा कुनै समस्या आईलागेको छ भने तत्काल त्यसको समाधानको उपायका लागि मातहतका निकायलाई निर्देशन दिनका लागि विमान स्थल पुगेको मन्त्रि शाहीले बताउनु भएको महताराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह