दलसिंह गिरी/माघ १, कालिकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही निर्माणाधिन सुनथराली विमान स्थलमा आज फिस्टे हेलिकोप्टर मार्फत सुटुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ १, कालिकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही निर्माणाधिन सुनथराली विमान स्थलमा आज फिस्टे हेलिकोप्टर मार्फत सुटुक्"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुटुक्क आएका पर्यटनमन्त्री सुटुक्कै किन फर्किए काठमाडौँ ?

२०७३, १ माघ शनिबार १३:५८


दलसिंह गिरी/माघ १, कालिकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही निर्माणाधिन सुनथराली विमान स्थलमा आज फिस्टे हेलिकोप्टर मार्फत सुटुक्कै आएर सुटुक्कै फर्किनु भएको छ । 

आफु पर्यटन मन्त्रि हुँदा कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालमा सम्पन्न गरिसक्ने भनि गरिएको प्रतिवद्धता अनुसार कामको अवस्थाबारे बुझ्न निर्माणधिन स्थलमा सुटुक्क दोश्रो पटक आउनु भएको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक शन्जिप गौतम र आफ्नो अंगरक्षकको साथमा आज दिउसो करिव २ बजे निर्माणाधिन विमानस्थल आउनु भएका शाही निर्माणकार्य अध्ययन गरी काठ्माण्डौ फर्किनु भएको छ । 

करिव ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई स्टामेट रहेको विमान स्थलमा यहि माघ महिना भित्र टेष्टफ्लाईट गरिसक्ने प्रतिवद्धता अनुसार काम भए नभएको अध्ययन गर्न पर्यटन मन्त्रि शाही र महानिर्देशक गौतम आफै विमान स्थलमा पुग्नु भएको नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनीयर रत्न बहादुर श्रेष्टले बताउनु भएको छ ।

सुनथराली विमानस्थल निर्माणको जिम्मा पाएका ठेकेदार केदार कार्की र आफु विमानस्थल निर्माण कार्य रप्तारमा लैजान निर्माण स्थलमै एक हप्ता देखि खटिएकाले अब माघ महिना भित्र टेष्ट फ्लाईट हुनेमा आशाबादी रहेको इन्जिनियर श्रेष्टले बताउनु भएको छ । 

विमानस्थलमा तत्काल धावनका लागि ४० मिटर चौडाई भएको करिव ५ सय ५० मिटर धावन मार्ग सफा भैसकेकाले अब बाकी १ सय ४० मिटर धावनमार्ग कुनै प्राकृतिक विपत्ति नआईलागे माघ २५ सम्म सम्पन्न गरी टेष्टफ्लाईट गर्न सकिने इन्जिनियर श्रेष्टले बताउनु भएको हो । 

विगत ३ दशकदेखि निर्माणाधिन अवस्थामा रहेको विमानस्थलको यो पटकको ठेक्का टेन्डर करिव १ करोड ५० लाख रहेको र यसको अवधि आउदो साउन सम्म भएकाले टेन्डर अनुसार बिमान धावनमार्गको निर्माण कार्यका लागि जति पनि कामदार परिचालन गर्न सकिने बताउनु भएको छ ।

निर्माणधिन विमानमा कामदारहरु चलाउदै आउनु भएका स्थानीय डन्डमान महताराले हाल करिव १ सय ५० जना कामदार दैनिक धावनमार्ग निर्माण कार्यमा खटिएकाले माघ भित्रै धानमार्ग सफा भै टेष्टफ्लाईन गर्न सकिने मन्त्रिशाहीलाई जानकारी गराएको बताउनु भएको छ । 

सुटुक्क निर्माण स्थल आउनु भएका मन्त्रिको बिषयमा बताउदै आफु निर्माणाधिन विमानको छट्के अनुगमनको लागि यहाँ आएको र निर्माण कार्यमा कुनै समस्या आईलागेको छ भने तत्काल त्यसको समाधानको उपायका लागि मातहतका निकायलाई निर्देशन दिनका लागि विमान स्थल पुगेको मन्त्रि शाहीले बताउनु भएको महताराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी