। नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्भ फ्रिडेन र स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्लाका सांसदहरु बिच भेटवार्ता भएको छ । राजदूत फ्रिडेनसँग स्विस कार्यक्रम सञ्चालन भएका पू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्भ फ्रिडेन र स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्लाका सांसदहरु बिच भेटवार्ता भएको छ । राजदूत फ्रिडेनसँग स्विस कार्यक्रम सञ्चालन भएका पू"/>
१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

स्विस कार्यक्रम नरोक्न राजदूत समक्ष सांसदहरुको माग

२ माघ २०७३, आईतवार ११:३३

पूर्णप्रसाद न्यौपाने,माघ २,काठमाण्डौ। नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्भ फ्रिडेन र स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्लाका सांसदहरु बिच भेटवार्ता भएको छ । राजदूत फ्रिडेनसँग स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्ला ओखलढुंगा,खोटाङ र रामेछापका सांसदहरुले काठमाण्डौमा आईतबार भेट गरेका हुन् । भेटका क्रममा सांसदहरुले स्विस कार्यक्रम निकै प्रभावकारी भएको भन्दै समय थप गरेर कार्यक्रमलाई निरञ्तरता दिन आग्रह गरेका छन् । ‘स्विस कार्यक्रमहरु विकास निर्माणसँगै व्यक्ति,व्यक्तिको जनजिविकासँग जोडिएको भएकाले निकै प्रभावकारी रहेको भन्दै भेटका क्रममा समय थप गर्न हामीले आग्रह गरेका छौँ’ सांसद यज्ञराज सुनुवारले भन्नुभयो‘राजदूत फ्रिडेनले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,आशा छ समय थप हुनेछ र विकासका लागि अझै पहल गरिने छ ।’ सांसद सुनुवारका अनुसार राजदूत फ्रिडेनले निर्माणाधीन ओखलढुंगा–श्रीचौर–खिजीफलाटे सडक निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । 

भेटका क्रममा सबै तीन वटै जिल्लाका सांसदहरुले स्थानीय सडक सुधार कार्यक्रम(LRIP) बढि प्रभावकारी भएको भन्दै तत्काल कार्यक्रम स्थगित नगर्न विशेष आग्रह गरेका थिए । 

नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग फ्रिडेनले आफु राजदूत भएर आएपछिको सांसदहरुसँगको पहिलो औपचारीक भेटघाट उपलब्धी मुलक भएको प्रतिक्रिया दिनुभएको छ । स्विस कार्यक्रम आगामी असार सम्म मात्रै सञ्चालन हुने जनाईएपछि कार्यक्रमलाई निरञ्तरता दिन भन्दै सांसदहरुले संयुक्त रुपमा राजदूतको ध्यानाकर्षण गराएको बुझिएको छ ।

आगामी बैशाख १,२ र ३ गते हुने थेलेदेम्बा महोत्सवमा सहभागिताका लागि आजै राजदूत फ्रिडेनलाई औपचारीक निम्तो समेत दिईएको सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो । स्विस सरकारको सहयोगमा स्थानीय सडक सुधार कार्यक्रम(LRIP) ओखलढुंगा,खोटाङ र रामेछापमा सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण