माघ २, वीरगंज | सघीय समाजबादी फोरम नेपाल पर्साको आइतबार गाविस रतनपुरको बसडिलवा टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

बसडिलवा गाउँ ईकाई कमिटीद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, वीरगंज | सघीय समाजबादी फोरम नेपाल पर्साको आइतबार गाविस रतनपुरको बसडिलवा टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

बसडिलवा गाउँ ईकाई कमिटीद्"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कांग्रेस-एमाले परित्याग गरि सयौं नेता-कार्यकर्ता फोरम नेपालमा प्रबेश

२०७३, २ माघ आईतवार १२:५३

माघ २, वीरगंज | सघीय समाजबादी फोरम नेपाल पर्साको आइतबार गाविस रतनपुरको बसडिलवा टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

बसडिलवा गाउँ ईकाई कमिटीद्धारा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत गदीले मधेसी, दलित, जनताति, मुस्लिम, पिछडावर्गको अधिकारको लागि आफु तथा आफ्नो पार्टीले जस्तोसुकै पनि कदम चाल्न पछाडि नहटने दाबी गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले शहिदहरुको बलिदानी र सपना पुरा नहुन्जेल संविधान लागु हुन नसक्ने र मधेसी जनताले कुनै पनि तहको चुनाव हुन नदिने चर्चा गर्दै मधेसीको अधिकार बिनाको चुनाव सरकारको दिवा सपना मात्र रहेको बताउनु भयो ।

जबसम्म मधेसको माग पुरा हुदैन तब सम्म आन्दोलन जारी रहने बताउनु हुदै नेता यादवले मधेस आन्दोलनले मधेसी, दलित, जनजाती, आदिवासी, पिछडावर्गको सम्मान पहिचान स्थापित गराउनमा मदत पुग्ने बताउनु भयो ।

कार्यक्रममा कांग्रेस, एमाले र माओवादी केन्द्र परित्याग गरी भुलन महतो, सफी अली, जयबुल्लाह अंसारी, जवाहर अंसारी, फजील अंसारी, मुस्ताक अंसारी, कमरुल हक अंसारी, अफताब आलम,अब्बदुल अंसारी, बवर खां, सहाबुदिन अंसारी, सलमान खां, औसी अहमद अंसारी, अरसद अंसारी, भिखर अंसारी, मोजाहिर अंसारी, बेराहिम अंसारी, रिफायत अंसारी, गफुर अंसारी, नजिर आलम लगायत सयौंको संख्यामा रहेका नेता कार्यकर्ताहरुले संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । 

नव प्रबेशीहरूलाई पार्टीका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदी, जिल्ला अध्यक्ष प्रदिप यादव, प्रदेश नं। २ का सचिव सलाउदिन अहमद लगायतका नेताहरुले फुलमाला, टिका लगाई पार्टी प्रबेश गराउनु भएको थियो । गाउं इकाई कमिटिका अध्यक्ष दिलमहम्मद अंसारीको सभापतित्वमा भएको कार्यक्रममा मुस्लिम फोरमका अध्यक्ष मौलाना नुरूल होदा, युवा फोरम नेपाल पर्साका कोषाध्यक्ष असलम आलम, जिल्ला सदस्य जगरनाथ यादव, जयनारायण पटेल, धर्मेन्द्र प्रसाद महतो, सुर्य प्रसाद, अमजद अंसारी लगायतका नेताहरूको उपसिथती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने