माघ २, वीरगंज | सघीय समाजबादी फोरम नेपाल पर्साको आइतबार गाविस रतनपुरको बसडिलवा टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

बसडिलवा गाउँ ईकाई कमिटीद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, वीरगंज | सघीय समाजबादी फोरम नेपाल पर्साको आइतबार गाविस रतनपुरको बसडिलवा टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

बसडिलवा गाउँ ईकाई कमिटीद्"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कांग्रेस-एमाले परित्याग गरि सयौं नेता-कार्यकर्ता फोरम नेपालमा प्रबेश

२ माघ २०७३, आईतवार १२:५३

माघ २, वीरगंज | सघीय समाजबादी फोरम नेपाल पर्साको आइतबार गाविस रतनपुरको बसडिलवा टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

बसडिलवा गाउँ ईकाई कमिटीद्धारा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत गदीले मधेसी, दलित, जनताति, मुस्लिम, पिछडावर्गको अधिकारको लागि आफु तथा आफ्नो पार्टीले जस्तोसुकै पनि कदम चाल्न पछाडि नहटने दाबी गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले शहिदहरुको बलिदानी र सपना पुरा नहुन्जेल संविधान लागु हुन नसक्ने र मधेसी जनताले कुनै पनि तहको चुनाव हुन नदिने चर्चा गर्दै मधेसीको अधिकार बिनाको चुनाव सरकारको दिवा सपना मात्र रहेको बताउनु भयो ।

जबसम्म मधेसको माग पुरा हुदैन तब सम्म आन्दोलन जारी रहने बताउनु हुदै नेता यादवले मधेस आन्दोलनले मधेसी, दलित, जनजाती, आदिवासी, पिछडावर्गको सम्मान पहिचान स्थापित गराउनमा मदत पुग्ने बताउनु भयो ।

कार्यक्रममा कांग्रेस, एमाले र माओवादी केन्द्र परित्याग गरी भुलन महतो, सफी अली, जयबुल्लाह अंसारी, जवाहर अंसारी, फजील अंसारी, मुस्ताक अंसारी, कमरुल हक अंसारी, अफताब आलम,अब्बदुल अंसारी, बवर खां, सहाबुदिन अंसारी, सलमान खां, औसी अहमद अंसारी, अरसद अंसारी, भिखर अंसारी, मोजाहिर अंसारी, बेराहिम अंसारी, रिफायत अंसारी, गफुर अंसारी, नजिर आलम लगायत सयौंको संख्यामा रहेका नेता कार्यकर्ताहरुले संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । 

नव प्रबेशीहरूलाई पार्टीका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदी, जिल्ला अध्यक्ष प्रदिप यादव, प्रदेश नं। २ का सचिव सलाउदिन अहमद लगायतका नेताहरुले फुलमाला, टिका लगाई पार्टी प्रबेश गराउनु भएको थियो । गाउं इकाई कमिटिका अध्यक्ष दिलमहम्मद अंसारीको सभापतित्वमा भएको कार्यक्रममा मुस्लिम फोरमका अध्यक्ष मौलाना नुरूल होदा, युवा फोरम नेपाल पर्साका कोषाध्यक्ष असलम आलम, जिल्ला सदस्य जगरनाथ यादव, जयनारायण पटेल, धर्मेन्द्र प्रसाद महतो, सुर्य प्रसाद, अमजद अंसारी लगायतका नेताहरूको उपसिथती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता