दलसिंह गिरी/माघ ६, कालिकोट । कुनै ब्यक्ति जो जहा जसो पनि होलान तर राज्यले सधै उपेक्षित गरिएको कर्नालीबाट आज फेरी एक जना नेताले बर्तमान सरकारको मन्त्री बन्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ ६, कालिकोट । कुनै ब्यक्ति जो जहा जसो पनि होलान तर राज्यले सधै उपेक्षित गरिएको कर्नालीबाट आज फेरी एक जना नेताले बर्तमान सरकारको मन्त्री बन्ने"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सरसफाई मन्त्रीमा कालिकोटका सिंह, आजै पदबाहर ग्रहण

२०७३, ६ माघ बिहीबार १२:४५


दलसिंह गिरी/माघ ६, कालिकोट । कुनै ब्यक्ति जो जहा जसो पनि होलान तर राज्यले सधै उपेक्षित गरिएको कर्नालीबाट आज फेरी एक जना नेताले बर्तमान सरकारको मन्त्री बन्ने अवसर प्राप्त गर्नु भएको छ । 

२०६२।०६३ को जनआन्दोलन पश्चात २ मन्त्री बन्न सफल कालिकोट जिल्लाका एक चकलेटी नेता प्रेमबहादुर सिंह आज फेरी मन्त्रि बन्ने अवसर प्राप्त गर्नु भएको हो । बामपन्थी धारबाट राजनीति सुरु गर्न भएका नेता करिब २० बर्षको अधिमा चौथोपटक मन्त्री बन्न सफल हुनु भएको छ । 

कालिकोट जिल्ला आदानकु जन्म घर हुनु भएका नेता सिंह फेरी मन्त्रिपदमा चुनिनु भएको छ । दुई पटक कानुनमन्त्री एक पटक खानेपानी तथा सरसफाइ मन्त्री समेत बन्नु भएका सिंह यतिबेला पनि फेरी खानेपानी तथा सरसफाई मन्त्रीको पद हात पार्नु भएको हो ।

नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाट वामपन्थी राजनीति शुरु गर्नुभएका सिंह पञ्चायतकालमा कर्नालीमा राम्रै वामनेताको छवि बनाउनु भएको थियो । तत्कालिन मजदुरकिसान पार्टी छाडेर माले हुदै एमालेमा सामेल हुनु भएका सिंह २०५३ सालमा एमालेका तर्फबाट कानुन मन्त्रीबनिसक्नु भएको थियो । 

एमालेमा रहदा कर्नालीमै एमालेको संगठन विस्तारको श्रेय समेत प्राप्त गर्नु भएका सिंह हाल आफ्नै समाजवादी जनता दल पार्टी खोली पार्टीको नेतृत्व गरिरहनु भएको छ । आफ्नै पार्टी खोलेर समानुपातिक निर्वाचन प्रणालीको फाइदा लिन सफल सिंह ०६४ र ०७० दुबै निर्वाचनमा आफूलाई सांसद हुन पुग्ने करीव २५ हजार मत देशभरमा जुगाड गर्न सफल भई, दुबै पटक मन्त्रीपदको सफलता मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी