२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चाको सतबार्षिकी अभियान सुरु

२०७३, ८ माघ शनिबार ०३:२३

माघ ८, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले अर्घाखाँची सन्चालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम अन्तरगत अर्घाखाँचीमा अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान सन्चालनको पाँच वटा टोलि मध्ये चार नम्बर टोलिले आजबाट अभियान सुरु गरेको छ । 

चार नम्बर टोलिले शुक्रबार सन्धिखर्कको खाचिकोटमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पुर्व महासचिव सन्त बहादुर नेपालीले मन्तव्य राख्दै नेपालको राष्ट्रियता इतिहासकै जोखिममा रहेको भन्दै राष्ट्रिय स्वाधीनताको निम्ति सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ । 

उहाँले भारतकै योजनामा आएको संघियतानै नेपालको संविधान कार्यान्वयनमा बाधक बनेकोले संघियता खारेजीको विकल्प नभएको दाबी गर्नुभएको छ । महासचिव नेपालीले पछिल्लो समयमा भारतले नेपालको कुटनैतिक मर्यादालाई कुल्चेर आफ्ना गतिविधि बढाउदा समेत सरकार मुकदर्शक बन्नु दुस्खद भएको बताउदै सबै नेपाली राष्ट्रियताको लडाइँमा एक हुनुपर्नेमा जोड दिनुभएको थियो । 

भेलाले दिलदार हुसेनको अध्यक्षतामा एघार सदस्यीय शतबार्षिकी अभियान परिचालन समिति खाचिकोटको गठन गरेको छ । जसको सदस्यहरुमा पिताम्बर भट्टराई,सिद्दी भट्टराई,नारायण क्षेत्री,हस्त बहादुर पाण्डे,बसन्त खड्का,धन बहादुर के.सी.,पुन बहादुर नेपाली,गोपाल प्रसाद खनाल,निर्मला भट्टराई र डुक बहादुर के.सी. रहनुभएको छ । 

प्रशिक्षण भेलामा ने.क.पा.मसाल का जिल्ला प्रवक्ता थम्मन के.सी.,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी.,अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टेक बहादुर थापा,टोलि सदस्य पिताम्बर भट्टराई,अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कबिराम खनाल,अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई,अखिल नेपाल महिला संघकि जिल्ला कोषाध्यक्ष मिना बि.सी.र जातीय समता समाजका जिल्ला कोषाध्यक्ष राजेन्द्र नेपालीले सहजीकरण गर्नुभएको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते