कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसको संगठन सुदृढिकरण अभियास सुरु

२०७३, १० माघ सोमबार ०२:४१


कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार्टि सुदृढिकारण अभियान सुरु गरेको छ । 

क्षेत्रीय समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र नम्बर–३ का चारओटै पालिकामा कार्यक्रम गर्न लागिएको हो । क्षेत्रीय समितिको आयोजनामा आईतबार प्रश्तावित तमानखोला गाउँपालिकाको कार्यक्रम बोङ्गादोभानमा भएको छ । कार्यक्रममा गाउँपालिका अन्तरगतका बोङ्गादोभान, तमान र खुङ्खानी गाविसका अगुवा कार्यकर्ता सहभागी थिए । 

सो अबसरमा क्षेत्रीय सभापती दोर्णकुमार कुँवरले पार्टि, संगठन निर्माण र सुदृढिकरणमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 

सांसद ज्ञानकुमारी छन्त्याल, महाधिवेशन प्रतिनिधिहरु सिंहबहादुर राना, धिरप्रताप सिंह, जीत सेरचन, कृष्ण केसी र सागर छन्त्याल, जिल्ला सदस्य रविन्द्र बुढाथोकी, मेषलाल शर्मा, खडक बहादुर जिसी, क्षेत्रीय कोषाध्यक्ष तुल्सी नेपाली लगायतले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

बक्ताहरुले अब तत्काल हुने स्थानिय निर्वाचनका लागि तयार रहन कार्याकर्तालाई आग्रह गरेका थिए । उनिहरुले स्थानिय विकास निर्माणका काममा स्थानियवासीसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अबको एक बर्षभित्र स्थानिय, प्रादेशिक र संघिय सांसद्को निर्वाचन गर्नैपर्ने भएकाले पार्टि संगठनलाई चुस्त बनाउँदै स्थानिय रुपमा गातिविध बढाउन आग्रह गरेका छन् । 

बोङ्गादोभान गाविसका सभापती खगेन्द्रमान पुन, तमानका सभापती झकबहादुर घर्ती र खुङ्खानीका सभापती सुरेन्द्र छन्त्यालले आफ्नो गाविस र वडा स्तरमा पार्टिको अबस्था, विकास निर्माणको काम लगायतका स्थानिय विषयमा रिपोर्टिङ गरेका थिए । 

कार्यक्रम क्षेत्रीय सभापती दोर्णकुमार कुँवरको अध्यक्षता, उपसभापती नर्जङ घर्तीको स्वागत र सचिव तिलक घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । अभियान अन्तरगतको कार्यक्रम आज निसीखोला गाउँपालिकाको देविस्थानमा, भोली बडिगाड गाउँपालिकाको ग्वालीचौरमा र पर्सि ढोरपाटन नागरपालिकाको बोबाङमा हुँदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी