माघ ११ । बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ नियुक्त भएका छन् । राप्रपा केन्द्रीय सचिवालयका अनुसार लख्खाभाइ प्रदेश नम्बर ७ को संयोजकमा नियुक्त भएका हुन् । अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११ । बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ नियुक्त भएका छन् । राप्रपा केन्द्रीय सचिवालयका अनुसार लख्खाभाइ प्रदेश नम्बर ७ को संयोजकमा नियुक्त भएका हुन् । अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रु"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लख्खाभाइ बने राप्रपा ७ नम्बर प्रदेशको संयोजक

११ माघ २०७३, मंगलवार १५:२४

माघ ११ । बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ नियुक्त भएका छन् । राप्रपा केन्द्रीय सचिवालयका अनुसार लख्खाभाइ प्रदेश नम्बर ७ को संयोजकमा नियुक्त भएका हुन् । अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल भारतमा छात्र संघका अध्यक्ष समेत रहिसकेका छन् । उनी उक्त विश्वविद्यालयमा छात्र संघको अध्यक्ष हुने पहिलो नेपाली समेत हुन् । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका लख्खाभाइले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेका थिए ।

सुरुमा सुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका लख्खाभाइकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता भईचुनाव लडेका थिए । पछिल्लो समय तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उनी तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सह–संयोजक बनेका थिए । गत मंसिरमा दुवै राप्रपा एकताभए पछि माघ १० गते बसेको उच्च कार्य सम्पादन समितिले लख्खाभाइलाई सात नम्बर प्रदेशको संयोजक नियुक्त गरेको राप्रपा केन्द्रीय सदस्य तथा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष हेमबाबु लेखकले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह