१२ माघ, काठमाडौं । प्रहरी महानिरीक्षकको दौडमा रहेका डीआइजीहरु आफ्नो ड्युटी नै छाडेर राजनीतिक लबिङमा जुट्न थालेका छन् । ‘ठूला बिचौलिया’ हरु मार्फत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १२ माघ, काठमाडौं । प्रहरी महानिरीक्षकको दौडमा रहेका डीआइजीहरु आफ्नो ड्युटी नै छाडेर राजनीतिक लबिङमा जुट्न थालेका छन् । ‘ठूला बिचौलिया’ हरु मार्फत "/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दिल्लीबाट फर्केका सुदूरपश्चिका डीआइजी चन्दले देउवालाई भेटे

२०७३, १२ माघ बुधबार १६:०१

१२ माघ, काठमाडौं । प्रहरी महानिरीक्षकको दौडमा रहेका डीआइजीहरु आफ्नो ड्युटी नै छाडेर राजनीतिक लबिङमा जुट्न थालेका छन् । ‘ठूला बिचौलिया’ हरु मार्फत भावी आइजीपीका दाबेदारहरु प्रभावशाली नेताका निवास एवं होटलहरुमा भेटिन थालेका छन् ।

आइजीपी दाबेदारको तेस्रो बरियतामा रहेका डीआइजी जयबहादुर चन्द मंगलबार कार्यालय समयमा नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा केही विचौलियाका साथ छलफल गरिरहेको अवस्थामा भेटिए ।

डीआइजी चन्दले नेपाली कांग्रेसका सुदूर र मध्यपश्चिमका केही जिल्ला सभापतिहरुलाई काठमाडौंमै बोलाएर आफूलाई आइजी बनाउने लबिङमा खटाएको कांग्रेसका एक नेताले बताए । केही जिल्ला सभापतिहरु यसैका लागि सुदूरपश्चिबाट काठमाडौं आउँदैछन् ।

मंगलबार इन्द्रेणी फुडल्याण्डमा डीआइजी चन्द यही विषयमा छलफल गरिरहेका थिए । उनी त्यहाँ कांग्रेसका केही जिल्ला सभापतिसँग छलफलमा थिए ।

बैतडी जिल्लामा जन्मेका डीआइजी चन्दले सुदूरपश्चिमका प्रायः सबै कांग्रेस जिल्ला सभापति र सांसदहरुलाई आफ्नो पक्षमा लबिङका लागि आग्रह गरेका छन् । उनले मध्यपश्चिमका पनि केही प्रभावशाली कांग्रेस नेताहरुलाई लबिङमा उतारेको एक कांग्रेस सांसदले अनलाइनखबरलाई बताए ।

डीआइजी चन्द आफैंले कांग्रेसका जिल्ला सभापति र सो क्षेत्रका प्रभावशाली नेताहरुलाई कुरा गरेर सुदूरपश्चिमले आइजीपी पाउने अवसर नगुमाउन आग्रह गरिरहेको स्रोतले बतायो । उनले सबै जिल्ला सभापतिहरु मार्फत कांग्रेस सभापति शेरवहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधीलाई दबाब दिलाउने योजना बनाएको स्रोतले बतायो ।

प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका सदुरपश्चिमको एक पहाडी जिल्लाका कांग्रेस सभापतिले डीआइजी चन्दलाई भने- हामीले व्यक्तिगतरुपमा पहल गरिरहेकै छौं, सामुहिक रुपमा जिल्ला सभापतिहरु काठमाडौं आएर शेरबहादुर दाइलाई र बिमल दाइ (बिमलेन्द्र)लाई दबाव दिँदैछौं ।

डीआइजी चन्दले सुदूरपश्चिमका एमाले कमाण्डर भीम रावलमार्फत एमाले नेतृत्वलाई पनि सकारात्मक बनाउन चाहेका छन् । तर, आइजीपी नियुक्तिमा प्रमुख विपक्षी एमालेको कुनै भूमिका नहुने बरु नकारात्मक प्रभाव पर्ने भएकाले कांग्रेस र माओवादीका सुदूरपश्चिमका प्रभावशाली नेता परिचालन गर्न चन्दलाई निकटस्थहरुले सुझाव दिएका छन् ।

चन्दका लागि माओवादी नेतृ तथा पूर्व सांसद रेणु चन्दले पनि प्रधानमन्त्री प्रचण्डसमक्ष लबिङ गर्ने वचन दिएको डीआइजी निकट स्रोतको भनाइ छ । सत्तारुढ दलका प्रायः सबै सुदूर र मध्यपश्चिमका नेतालाई आफ्नो पक्षमा लबिङ गराउन डीआइजी चन्द सक्रिय भएको स्रोतको दाबी छ ।

देउवालाई भेटेर कांग्रेसलाई चुनाव जिताइदिने आश्वासन

यसैवीच आफूलाई आइजीपी बनाइनुपर्ने माग गर्दै डीआइजी चन्दले शेरबहादुर देउवासँग दुईपटक भेट गरिसकेको स्रोतले बतायो । सो भेटमा चन्दले आफू सुदूरपश्चिमको भएकाले सहानुभूति राखिदिन देउवासमक्ष आग्रह गरेका थिए । साथै उनले आगामी चुनावलाई समेत ख्यालमा राखेर नेपाली प्रहरीको आइजीपी छान्नुपर्ने देउवालाई सुझाव दिएको स्रोतले बतायो ।

आफूलाई प्रहरी संगठनको प्रमुख बनाइदिएमा कांग्रेसलाई बहुमत दिलाइदिने र एमालेलाई ठेगान लगाउन सक्नेसमेत चन्दले देउवालाई आश्वस्त पारेको स्रोतले बतायो । तर, उनका बारेमा देउवाले अहिलेसम्म केही पनि आश्वासन नदिएकाले उनी पार्टीका जिल्ला सभापतिहरु बोलाएर  डेलिगेसन पठाउने तयारीमा जुटेका हुन् ।

इन्टरपोलको कार्यक्रम छाडेर दिल्ली दूतावासकाे पार्टीमा

अघिल्लो साता काठमाडौंमा इन्टरपोलको एशिया स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गरिएको थियो । डीआइजी जयबहादुर चन्द नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुखसमेत भएकाले यो सम्मेलनमा उनको उपस्थिति महत्वपूर्ण थियो । नेपालमा लागू औषधका अपराधीहरु विदेशबाट समेत आउने गरेको सन्दर्भमा इन्टरपोलमा यसबारे भएको छलफल निकै महत्वपूर्ण थियो । तर, चन्द भने यो महत्वपूर्ण सम्मेलन नै छाडेर दिल्ली दूतावासकाे पार्टी खान गएको चर्चा पनि यतिबेला प्रहरी संगठनभित्र छ ।

यसअघि उनी दिल्ली पुगेर फर्किएका थिए । दिल्ली पुगेर फर्किएलगत्तै उनी आइजीपी बन्ने लविङमा सक्रियतापूर्वक लागेका हुन् ।

अबको केही साताभित्र एआइजीहरुबाट आइजीपी छानिएनन् र डीआइजीबाट छान्नु पर्ने अवस्था आयो भने बरियतामा सबैभन्दा अगाडि डीआइजी नवराज सिलवाल छन् । दोस्रो बरियतामा डीआइजी प्रकाश अर्याल छन् । होटल-होटलमा कांग्रेसका नेताहरु भेट्दै हिँडेका चन्दचाँहि तेस्रो बरियतामा छन् ।

डीआइजी चन्दको स्पष्टीकरण

यसैवीच डीआइजी चन्दले अनलाइनखबरलाई टेलिफोन गरेर आफू आइजीपीको दाबेदार हुनु स्वाभाविकै भएको बताए ।

होटलमा जानु र साथीभाइसँग चिया कफी खानु कुनै गलत कार्य नभएको भन्दै उनले चिया खाएकै विषयमा समाचार बनाइनु दुखलाग्दो विषय भएको बताए । ‘होटलमा साथीभाइसँग चियाकफी खानु कुन गलत काम भयो र ?’ डीआईजी चन्दले भने- ‘यो त स्वाभाविकै विषय हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते