१२ माघ, काठमाडौं । प्रहरी महानिरीक्षकको दौडमा रहेका डीआइजीहरु आफ्नो ड्युटी नै छाडेर राजनीतिक लबिङमा जुट्न थालेका छन् । ‘ठूला बिचौलिया’ हरु मार्फत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १२ माघ, काठमाडौं । प्रहरी महानिरीक्षकको दौडमा रहेका डीआइजीहरु आफ्नो ड्युटी नै छाडेर राजनीतिक लबिङमा जुट्न थालेका छन् । ‘ठूला बिचौलिया’ हरु मार्फत "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दिल्लीबाट फर्केका सुदूरपश्चिका डीआइजी चन्दले देउवालाई भेटे

१२ माघ २०७३, बुधबार १६:०१

१२ माघ, काठमाडौं । प्रहरी महानिरीक्षकको दौडमा रहेका डीआइजीहरु आफ्नो ड्युटी नै छाडेर राजनीतिक लबिङमा जुट्न थालेका छन् । ‘ठूला बिचौलिया’ हरु मार्फत भावी आइजीपीका दाबेदारहरु प्रभावशाली नेताका निवास एवं होटलहरुमा भेटिन थालेका छन् ।

आइजीपी दाबेदारको तेस्रो बरियतामा रहेका डीआइजी जयबहादुर चन्द मंगलबार कार्यालय समयमा नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा केही विचौलियाका साथ छलफल गरिरहेको अवस्थामा भेटिए ।

डीआइजी चन्दले नेपाली कांग्रेसका सुदूर र मध्यपश्चिमका केही जिल्ला सभापतिहरुलाई काठमाडौंमै बोलाएर आफूलाई आइजी बनाउने लबिङमा खटाएको कांग्रेसका एक नेताले बताए । केही जिल्ला सभापतिहरु यसैका लागि सुदूरपश्चिबाट काठमाडौं आउँदैछन् ।

मंगलबार इन्द्रेणी फुडल्याण्डमा डीआइजी चन्द यही विषयमा छलफल गरिरहेका थिए । उनी त्यहाँ कांग्रेसका केही जिल्ला सभापतिसँग छलफलमा थिए ।

बैतडी जिल्लामा जन्मेका डीआइजी चन्दले सुदूरपश्चिमका प्रायः सबै कांग्रेस जिल्ला सभापति र सांसदहरुलाई आफ्नो पक्षमा लबिङका लागि आग्रह गरेका छन् । उनले मध्यपश्चिमका पनि केही प्रभावशाली कांग्रेस नेताहरुलाई लबिङमा उतारेको एक कांग्रेस सांसदले अनलाइनखबरलाई बताए ।

डीआइजी चन्द आफैंले कांग्रेसका जिल्ला सभापति र सो क्षेत्रका प्रभावशाली नेताहरुलाई कुरा गरेर सुदूरपश्चिमले आइजीपी पाउने अवसर नगुमाउन आग्रह गरिरहेको स्रोतले बतायो । उनले सबै जिल्ला सभापतिहरु मार्फत कांग्रेस सभापति शेरवहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधीलाई दबाब दिलाउने योजना बनाएको स्रोतले बतायो ।

प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका सदुरपश्चिमको एक पहाडी जिल्लाका कांग्रेस सभापतिले डीआइजी चन्दलाई भने- हामीले व्यक्तिगतरुपमा पहल गरिरहेकै छौं, सामुहिक रुपमा जिल्ला सभापतिहरु काठमाडौं आएर शेरबहादुर दाइलाई र बिमल दाइ (बिमलेन्द्र)लाई दबाव दिँदैछौं ।

डीआइजी चन्दले सुदूरपश्चिमका एमाले कमाण्डर भीम रावलमार्फत एमाले नेतृत्वलाई पनि सकारात्मक बनाउन चाहेका छन् । तर, आइजीपी नियुक्तिमा प्रमुख विपक्षी एमालेको कुनै भूमिका नहुने बरु नकारात्मक प्रभाव पर्ने भएकाले कांग्रेस र माओवादीका सुदूरपश्चिमका प्रभावशाली नेता परिचालन गर्न चन्दलाई निकटस्थहरुले सुझाव दिएका छन् ।

चन्दका लागि माओवादी नेतृ तथा पूर्व सांसद रेणु चन्दले पनि प्रधानमन्त्री प्रचण्डसमक्ष लबिङ गर्ने वचन दिएको डीआइजी निकट स्रोतको भनाइ छ । सत्तारुढ दलका प्रायः सबै सुदूर र मध्यपश्चिमका नेतालाई आफ्नो पक्षमा लबिङ गराउन डीआइजी चन्द सक्रिय भएको स्रोतको दाबी छ ।

देउवालाई भेटेर कांग्रेसलाई चुनाव जिताइदिने आश्वासन

यसैवीच आफूलाई आइजीपी बनाइनुपर्ने माग गर्दै डीआइजी चन्दले शेरबहादुर देउवासँग दुईपटक भेट गरिसकेको स्रोतले बतायो । सो भेटमा चन्दले आफू सुदूरपश्चिमको भएकाले सहानुभूति राखिदिन देउवासमक्ष आग्रह गरेका थिए । साथै उनले आगामी चुनावलाई समेत ख्यालमा राखेर नेपाली प्रहरीको आइजीपी छान्नुपर्ने देउवालाई सुझाव दिएको स्रोतले बतायो ।

आफूलाई प्रहरी संगठनको प्रमुख बनाइदिएमा कांग्रेसलाई बहुमत दिलाइदिने र एमालेलाई ठेगान लगाउन सक्नेसमेत चन्दले देउवालाई आश्वस्त पारेको स्रोतले बतायो । तर, उनका बारेमा देउवाले अहिलेसम्म केही पनि आश्वासन नदिएकाले उनी पार्टीका जिल्ला सभापतिहरु बोलाएर  डेलिगेसन पठाउने तयारीमा जुटेका हुन् ।

इन्टरपोलको कार्यक्रम छाडेर दिल्ली दूतावासकाे पार्टीमा

अघिल्लो साता काठमाडौंमा इन्टरपोलको एशिया स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गरिएको थियो । डीआइजी जयबहादुर चन्द नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुखसमेत भएकाले यो सम्मेलनमा उनको उपस्थिति महत्वपूर्ण थियो । नेपालमा लागू औषधका अपराधीहरु विदेशबाट समेत आउने गरेको सन्दर्भमा इन्टरपोलमा यसबारे भएको छलफल निकै महत्वपूर्ण थियो । तर, चन्द भने यो महत्वपूर्ण सम्मेलन नै छाडेर दिल्ली दूतावासकाे पार्टी खान गएको चर्चा पनि यतिबेला प्रहरी संगठनभित्र छ ।

यसअघि उनी दिल्ली पुगेर फर्किएका थिए । दिल्ली पुगेर फर्किएलगत्तै उनी आइजीपी बन्ने लविङमा सक्रियतापूर्वक लागेका हुन् ।

अबको केही साताभित्र एआइजीहरुबाट आइजीपी छानिएनन् र डीआइजीबाट छान्नु पर्ने अवस्था आयो भने बरियतामा सबैभन्दा अगाडि डीआइजी नवराज सिलवाल छन् । दोस्रो बरियतामा डीआइजी प्रकाश अर्याल छन् । होटल-होटलमा कांग्रेसका नेताहरु भेट्दै हिँडेका चन्दचाँहि तेस्रो बरियतामा छन् ।

डीआइजी चन्दको स्पष्टीकरण

यसैवीच डीआइजी चन्दले अनलाइनखबरलाई टेलिफोन गरेर आफू आइजीपीको दाबेदार हुनु स्वाभाविकै भएको बताए ।

होटलमा जानु र साथीभाइसँग चिया कफी खानु कुनै गलत कार्य नभएको भन्दै उनले चिया खाएकै विषयमा समाचार बनाइनु दुखलाग्दो विषय भएको बताए । ‘होटलमा साथीभाइसँग चियाकफी खानु कुन गलत काम भयो र ?’ डीआईजी चन्दले भने- ‘यो त स्वाभाविकै विषय हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान