२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा १७ दलमध्ये ११ दलको नाम दर्ता

१४ माघ २०७३, शुक्रबार ०७:१९

नन्द बहादुर रोकाया/माघ १४, मुगु । मुगुमा रहेका १७ दलमध्ये ११ वटा राजनितिक दलहरुले जिल्ला निर्वाचन कार्यालयमा पार्टि दर्ता गराएका छन । 

निर्वाचनको लागि सहभागी हुन र तयारीका लागी अहिलेसम्म ११ राजनीतिक दलहरुले कार्यालयमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । निर्वाचन आयोगले माघ १७ गते सम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन दिएपनी हिजो बिहिबार सम्ममा ११ वटा राजनितिक दलहरुले मात्र निर्वाचन कार्यालयमा नाम दर्ता गराएको निमित्त निर्वाचन अधिकारी गणेश सेजुवालको भनाई रहेको छ । 

जिल्लामा पार्टीको विवरण बुझाएर दर्ता भएका दलहरुमा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्टिय यथार्थ पार्टी, नयाँ शतmी नेपाल, जनजागरण मधेसी जन अधिकार फोरम, समाजवादी जनता पार्टी लगायतका रहेका छन् । 

जिल्लामा २०७० मा दर्ताभई निर्वाचनमा भाग लिएका १७ दल मध्ये ११ वटा दलहरुले नाम दर्ता गराएको र बाकिँ ६ दलहरुले पार्टि दर्ता तथा पार्टिको बाकिँ बिवरण नबुझाएको सेजुवालले जानकारी दिनुभयो । दर्ता नभएका दललाई आउने निर्वाचनमा सहभागी नगाराईने भएकाले बाँकी रहेका दललाई माघ १७ सम्म दलको विवरण पेस तथा दल दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय मुगुले आग्रह समेत गरको छ ।

२९ हजार ५ सय उन्नचालीस को नाम दर्ता

जिल्ला निर्वाचन कार्यालय मुगुमा मंसिर मसान्त सम्म मुगुमा २९ हजार ५ सय उन्नचालीस जनाले मतदाता नामावलीमा आफनो नाम दर्ता गराएका छन । मुगुका नागरिक तथा नागरिकताको प्रमाणपत्र लिएका १६ बर्ष देखी माथीका व्यक्तिले नाम दर्ता गराएका हुन । 

जसमा १५ हजार ६ सय पचासी पुरुष र १३ हजार ८ सय ९४ महिला रहेका छन् । कार्यालय समयमा जुनसुकै बेला पनी गएर नेपाली नागरिकताको प्रमाणपत्र लिई आफ्नो नाम दर्ता गराउन सकिने निमित्त निर्वाचन अधिकारी सेजुवालको भनाई छ ।

कर्मचारीको बिविरण उपलब्ध गराउन जिल्ला निवार्चन कार्यलय मुगुले आग्रह

जिल्ला काम गर्ने कार्यरत कर्मचारीको बिविरण उपलब्ध गराउन जिल्ला निवार्चन कार्यलय मुगुले आग्रह गरेको छ । निवार्चन आयोगको माघ १० गतेको परिप्रत्र अनुसार कर्मचारीको बिवरण जिल्ला निवाचन कार्यलयमा उपलब्ध गराउन आग्रह गरिएको हो ।

वर्तमान संवैधानीक व्यावस्था अनुसार निकट निजामती कर्मचारीको बिवरण अद्यावधिक गर्नुपर्ने भएकाले जिल्लामा कार्यरत स्थायी कर्मचारी, संंस्थानका कर्मचारी,र शिक्षक हरुलाई बिवरण उपलब्ध गराउन आग्रह गरीएको जिल्ला निर्वाचन कार्यलय मुगुले जनाएको छ । 

कर्मचारीले  बिवरण पेश गर्दा राजपत्रांकित प्रथम श्र्णि ,द्धतिय श्रेणि तृतीय श्रेणी राजपत्र अनंकित प्रथम श्र्णि ,द्धतिय श्रेणि तृतीय तथा श्रेणीविहिन कार्यलय सहयोगी केहो खुलाई कार्यरत कार्यलयको नाम समेत उल्लेख गरी बिवरण उपलब्ध गराउन पर्ने नि जिल्ला निवाचन अधिकारी गणेश सेजुवालले बताउनुभयो । 

उपलब्ध नगराउने कर्मचारीलाई आउने निर्वाचनाम नखटाईने नि जिल्ला निवाचन अधिकारी सेजुवालले को भनाई छ । जिल्ला निर्वाचन कार्यलय मुगुले परिप्रत्र गरेको ३ दिन भित्र बिवरण उपलब्बध गराई सक्नुपर्ने जिल्ला निर्वाचन कार्यलय मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य