माघ १४, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माँगहरु सम्बोधन नभएर अर्को टिकापुर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १४, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माँगहरु सम्बोधन नभएर अर्को टिकापुर "/>
2026-07-11 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रकै सांसदले भने-‘प्रचण्ड सरकार असफल भयो’

2017-01-27

माघ १४, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माँगहरु सम्बोधन नभएर अर्को टिकापुर घट्ना दोहोरिने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले भने,‘टिकापुर घट्ना एउटा नमूना मात्रै हो, यदि थारु, आदिवासी, मगर, मधेशीहरुका माँगहरु सम्बोधन भएन भने संसारको कुनैपनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन् ।’

सांसद मोदीले यदि समयमै माँग सम्बोधन नगरिए मुलुकमा ठूलो संकट आउने खतरा औंल्याए। उनले भने,‘यदि माँग सम्बोधन गर्न सरकारले ढिलासुस्ती गर्यो भने चाहेरपनि हाम्रो देश हाम्रो हातमा रहँदैन ।’

नेता मोदीले कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले थारुहरुको माँग सम्बोधन नभईकन सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे आफूहरु बाध्य भएर त्यसको प्रतिकारमा उत्रिने समेत चेतावनी दिए। उनले भने,‘हाम्रा मागहरु सम्बोधन नभईकन चुनाव घोषणा गरिए, हामी कुनै हालतमा मान्दैनाौं ।’

उनले संविधान यथास्थितिमा औचित्यहिन रहेको समेत टिप्पणी गरे । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकापनि पनि संशोधन गरेर समस्या समाधान गर्न गम्भिर नभएको उनको आरोप थियो ।

उनले भने,‘संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा प्रधानमन्त्री प्रचण्डजी गम्भिर बन्नुभएन, उहाँ सफल हुन सक्नुभएन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित