ललित बोहरा  । माघ १७ डडेल्धुरा  । स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी डडेल्धुरा जिल्लामा १३ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका छन । निर्वाचन आयोगले माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा  । माघ १७ डडेल्धुरा  । स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी डडेल्धुरा जिल्लामा १३ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका छन । निर्वाचन आयोगले माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन "/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लामा स्थानीय निर्वाचनको लागि १३ दल दर्ता

२०७३, १७ माघ सोमबार १५:०८

ललित बोहरा  । माघ १७ डडेल्धुरा  । स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी डडेल्धुरा जिल्लामा १३ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका छन । निर्वाचन आयोगले माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन अनुसार डडेल्धुरामा सोमबार अन्तिम दिनसम्म १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निवार्चन अधिकृत कृष्ण नायकले जानकारी दिनु भएको छ । निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका दलहरुमा नेपाली कांग्रेसका सभापती कर्ण बहादुर मल्ल, नेकपा एमालेका अध्यक्ष डा.तारा जोशी, नेकपा माओवादी केन्द्रका इन्चार्ज नन्द सिंह सार्की, नेकपा मालेका संयोजक गोरख नेपाली, नेपाल दलित पार्र्टीका अध्यक्ष राम बहादुर टमटा, नयाँ शतmी पार्टी नेपालका संयोजक टेकराज भट्ट, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष प्रकाश बहादुर सार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हिक्मत साउँद, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका संयोजक पल्लव राज अबस्थी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिकका अध्यक्ष प्रताप सिह साउँद, अखण्ड सुदुरपश्चिम पार्टी नेपालका संयोजक जगन्नाथ नाथ, राष्ट्रिय मुक्ती आन्दोलनका संयोजक लाल प्रशाद भट्ट र राष्ट्रिय जनमोर्चा अध्यक्ष पदम बहादुर ओली संयोजक रहने गरी दलहरु दर्ता गरिएका छन । नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक, अखण्ड सुदुरपश्चिम पार्टी नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन पार्टी नयाँ दर्ता भएका हुन । माले पार्टी पुनःदर्ता भएको निवार्चन कार्यालय डडेल्धुराका निवार्चन अधिकृत नायकले बताउनु भएको छ । सरकारले स्थानिय तह निर्वाचन मिती घोषणाको तयारी गरिरहदा केन्द्रमा र सम्वन्धित जिल्लामा पार्टी दर्ता गराए मात्र स्थानिय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित