दलसिंह गिरी | माघ १७, कालिकोट | निर्वाचन आयोगमा राजैतिक दल दर्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ १७, कालिकोट | निर्वाचन आयोगमा राजैतिक दल दर्ता"/>
२०८२, २२ चैत्र आईतवार
कालिकोट - KLK

कालिकोटमा १६ दल दर्ता २ दल भोलि हुँदै

२०७३, १७ माघ सोमबार १५:४५

दलसिंह गिरी | माघ १७, कालिकोट | निर्वाचन आयोगमा राजैतिक दल दर्ताको लागि तोकिएको मिति आज सकिदै जादा कालिकोटमा रहेको जिल्ला निर्वाचनमा १६ वटा दलहरु मात्र दर्ता भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । नेपालको संविधान २०७२ जारी पश्चात नेपाल सरकारले सुरु गर्न लागेको स्थानीय निर्वाचन प्रक्रियामा जान निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार कालिकोटमा १६ दलहरुले मात्र नाम दर्ता गराएको र २ वटा दलले भोलि दर्ताको लागि पूर्व जानकारी दिएकाले उनीहरुको भोली दर्ता गरिने जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धन बहादुर रावलले बताउनु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुने दलहरुमा तराई मदेश सद्भावना पार्टी नेपाल, नेकपा एमाले, नेपाली जनता दल, नेपाल कम्युनिष्ट पार्टी माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल, नेपाल परिवार दल, अखण्ड नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, मदेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नेकपा माओवादी केन्द्र, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, संघिय समाजवादी फोरम नेपाल रहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख रावलले बताउनु भएको हो ।

२०७० सालको संविधान सभाको निर्वाचनमा कालिकोटमा १६ वटा दल दर्ता भएकोमा यो पटक २ वटा नयाँ पार्टी थपिएको र जसमा नयाँशक्ति पार्टी नेपाल र नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी रहेको रावलले बताउनु भएको छ । दल दर्ता प्रक्रिया संगै मतदाता नामावलीको बारे बुझ्दा जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको पौष मसान्त सम्मको फोटो सहितको मतदाता नावावली जिल्लाभर महिला २९ हजार ७ सय ८५, पुरुष ३२ हजार २ सय ८३ गरी कुल ६२ हजार ६८ जना रहेको जनाएको छ ।

अहिलेको संविधानमा ब्यवस्था भएअनुसार १८ बर्ष भन्दा माथिका मतदातालाई मात्र मताधिकार ब्यवस्था गरिएकाले फोटो सहितको मतदाता नामावलीमा दर्ता भएका १८ बर्ष मुनिका १ हजार १ सय ८३ जना रहेको बताउदै पौष मसान्तको रेडर्क अनुसार कुल ६० हजार ८ सय ८९ जनाको मात्र मताधिकार रहको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते