दलसिंह गिरी | माघ १७, कालिकोट | निर्वाचन आयोगमा राजैतिक दल दर्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ १७, कालिकोट | निर्वाचन आयोगमा राजैतिक दल दर्ता"/>
१३ माघ २०८२, सोमबार
कालिकोट - KLK

कालिकोटमा १६ दल दर्ता २ दल भोलि हुँदै

१७ माघ २०७३, सोमबार १५:४५

दलसिंह गिरी | माघ १७, कालिकोट | निर्वाचन आयोगमा राजैतिक दल दर्ताको लागि तोकिएको मिति आज सकिदै जादा कालिकोटमा रहेको जिल्ला निर्वाचनमा १६ वटा दलहरु मात्र दर्ता भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । नेपालको संविधान २०७२ जारी पश्चात नेपाल सरकारले सुरु गर्न लागेको स्थानीय निर्वाचन प्रक्रियामा जान निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार कालिकोटमा १६ दलहरुले मात्र नाम दर्ता गराएको र २ वटा दलले भोलि दर्ताको लागि पूर्व जानकारी दिएकाले उनीहरुको भोली दर्ता गरिने जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धन बहादुर रावलले बताउनु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुने दलहरुमा तराई मदेश सद्भावना पार्टी नेपाल, नेकपा एमाले, नेपाली जनता दल, नेपाल कम्युनिष्ट पार्टी माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल, नेपाल परिवार दल, अखण्ड नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, मदेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नेकपा माओवादी केन्द्र, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, संघिय समाजवादी फोरम नेपाल रहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख रावलले बताउनु भएको हो ।

२०७० सालको संविधान सभाको निर्वाचनमा कालिकोटमा १६ वटा दल दर्ता भएकोमा यो पटक २ वटा नयाँ पार्टी थपिएको र जसमा नयाँशक्ति पार्टी नेपाल र नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी रहेको रावलले बताउनु भएको छ । दल दर्ता प्रक्रिया संगै मतदाता नामावलीको बारे बुझ्दा जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको पौष मसान्त सम्मको फोटो सहितको मतदाता नावावली जिल्लाभर महिला २९ हजार ७ सय ८५, पुरुष ३२ हजार २ सय ८३ गरी कुल ६२ हजार ६८ जना रहेको जनाएको छ ।

अहिलेको संविधानमा ब्यवस्था भएअनुसार १८ बर्ष भन्दा माथिका मतदातालाई मात्र मताधिकार ब्यवस्था गरिएकाले फोटो सहितको मतदाता नामावलीमा दर्ता भएका १८ बर्ष मुनिका १ हजार १ सय ८३ जना रहेको बताउदै पौष मसान्तको रेडर्क अनुसार कुल ६० हजार ८ सय ८९ जनाको मात्र मताधिकार रहको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै