१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

निर्वाचन कार्यालय ओखलढुंगामा १३ दल दर्ता (नामावलीसहित)

१९ माघ २०७३, बुधबार ०९:३२

पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ओखलढुंगामा १३ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । 

दल दर्ताको अन्तिम माघ १७ गतेसम्ममा ओखलढुंगाका १३ दलले निर्वाचन कार्यालयमा आफ्नो पार्टी दर्ता गराएका हुन् । निर्वाचन आयोगमा दर्ता भएका १११ दलहरुको सुचि जिल्लामा पठाएर आयोगले त्यसैका आधारमा दल दर्ताको विवरण पठाउन देशका सबै जिल्ला निर्वाचन कार्यालयहरुलाई परिपत्र गरेको थियो ।

निर्वाचन आयोगको निर्देशन सहितको परिपत्र अनुसार जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सुचना भित्र रहेर आफ्नो नाम दर्ता गर्ने दलहरुमा क्रमश: नेपाली कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी(माले)राष्ट्रिय जनमोर्चा, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जन अधिकार फोरम नेपाल (लोकतान्त्रीक), नेपाल कम्यूनिष्ट पार्टी (माले जनसमाजवादी), संघीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्यूनिष्ट पार्टी (एमाले) रहेका छन् । दर्ता भएका मध्ये केहि दल मात्रै जिल्लामा क्रियाशिल पार्टी हुन् ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले मात्र निर्वाचनमा भाग लिन पाउने भएकाले  जिल्लामा पनि दलदर्ता गरेर यहाँको विवरण आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले जानकारी दिनुभयो । 

उहाँले सम्बन्धित दलको जिल्ला कार्य समितिको नामावली, कार्यालय रहेको ठेगाना, सम्पर्क नम्बर, घोषणापत्र आदि आधारमा जिल्लामा दल दर्ता गरिएको बताउनुभयो । ‘निर्वाचन आयोगमा दल दर्ता भए पुग्नु पर्ने हो तर जिल्लामा स्थानीय तहको निर्वाचनलाई व्यवस्थित गर्न, निर्वाचनका लागि समन्वय गर्न र जिल्लामा कति दल छन् भन्ने जानकारीका लागि जिल्लामा पनि दर्ता गराउनुपर्ने व्यवस्था गरिएको हो ।’ उहाँले भन्नुभयो ।

जिल्ला निर्वाचन अधिकारी राईका अनुसार ओखलढुंगामा नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव समुहको नेकपा माओवादी पार्टीले भने विवरण अद्यावधिक गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह