माघ २६, डोटी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं सांसद बीर बहादुर बलायरले नेपाल कुटनितिक मामलामा बिश्वको नजरमा नाङ्गिएको टिप्पणी गरेका छन् । प्रेस यूनियन डोट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २६, डोटी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं सांसद बीर बहादुर बलायरले नेपाल कुटनितिक मामलामा बिश्वको नजरमा नाङ्गिएको टिप्पणी गरेका छन् । प्रेस यूनियन डोट"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नेपाल कुटनितिक रुपमा नाङ्गियो: बलायर

२६ माघ २०७३, बुधबार १६:५८

माघ २६, डोटी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं सांसद बीर बहादुर बलायरले नेपाल कुटनितिक मामलामा बिश्वको नजरमा नाङ्गिएको टिप्पणी गरेका छन् । प्रेस यूनियन डोटी शाखाको तेस्रो साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘राजनिति महत्वांकाक्षाले बेईमानी भएको छ । सत्ताका लागि नेताहरु अनाब–सनाब बोल्छन् । जसले कुटनितिक मर्यादा समेत ख्याल गरिदैन्,’ उनले भने, ‘यसैले हामी कुटनितिक सम्बन्धमा बिश्वब्यापी नजरमा नाङ्गिएका छौ ।’

नाकाबन्दीका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भाषणहरुले गर्दा कुटनितिक मर्यादामा आँच आएको उनको आशय थियो । ‘नाकाबन्दीलाई दोहोरी प्रतियोगिता जस्तो बनाईयो । के बोल्ने, के नबोल्ने समेत ख्याल राखिएन्,’ उनले भने,‘यसले अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेर्ने नजरमै फरकपन आएको छ ।’

नेपाल आफै समृद्ध नभए त्यस्ता नाकाबन्दी आउदो पिढिले पनि भोग्नुपर्ने उनले बताए । ‘यही अबस्था रहे पाँच हजार पछिका बर्षसम्म पनि नाकाबन्दी हुन्छ । त्यसका लागि बिस्तार–बिस्तारै पुर्बाधार सुधार गरेर बलियो अबस्थामा पुग्ने हो,’ उनले भने ।

बर्तमान सरकारले आफ्नो औचित्यता पुरा नगरेको नेता बलायरले बताए । उनले भने,‘जुन प्रतिबद्धताका साथ यो सरकार गठन भएको थियो । त्यो काम गर्न सकिरहेका छैन् । प्रधानमन्त्रीले आफ्नो जिम्मेबारी पुरा गर्न सकिराख्नभएको छैन् ।’ त्यसैले अब सरकारको बिकल्प खोज्नुपर्ने बेला आएको नेता बलायरले प्रतिक्रिया दिए ।

विकास र जनजीविकाका सवालमा नेपाली कांग्रेस जहिल्यै अग्रमोर्चामा रहेको उनले बताए । डोेटीको बिकासका लागि पनि आफुले भरमजदुर प्रयास गरिरहेको उनले बताए ।

पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने उनको भनाई थियो । ‘पत्रकारिता लोकतन्त्रको पहरेदार हो,’ उनले भने,‘जनताका बास्तबिक आवाजहरुलाई बोल्ने राज्य र दललाई खबरदारी गर्ने अभ्यासले लोकतन्त्र बलियो बन्छ ।’

उदद्घाटन सत्रमा सांसद कल्पना सोबले पत्रकारिताको बिकासलाई जोड महिला पत्रकारको संख्या बढाउनुपर्ने बताईन् । लैंगिक संबेदनशील सवालहरु उठाउन पनि महिला आबश्यक पर्ने बताईन् ।

जोरायल बन फडानीको आपत्ती

नेता बलायरले जोरायलमा भएको सल्लाको बन फँडानीको आपत्ती जनाए । फँडानीले दिर्घकालिन रुपमा पर्याबराणीय समस्याको बिषयमा चिन्ता प्रकट गर्दै उनले फँडानीको कामलाई भत्सर्ना गरे । ‘हाम्रो वनसम्पदाले बायूमण्डलमा रहेको कार्बन उत्सर्जनलाई घटाउने काम गरिरहेको छ,’ उनले भने,‘जसको फलस्वरुप हामीले विश्वका अन्य देशहरुसंग रकम मागेको छौ । जुन डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा पर्वतिय जलाधार संरक्षण परियोजना अनुसार खर्च भैरहेको छ । यदि वन नै नरहे यो नरहन सक्छ ।’

जोरायल क्षेत्रमा ब्यापक फँडानी भैरहेको उनले बताए । जसमा केही राजनितिक नेताको पनि संलग्नता रहेको पाईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल