२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका उम्मेदबारहरु यी हुन ?

२०७३, २७ माघ बिहीबार १५:१२

ललित बोहरा ।  माघ २७ डडेल्धुरा  । त्रिभुवन विश्वविद्यालयलेको आङगीक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा पनी स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनको चर्चा सुरु भएको छ । क्याम्पसले बिद्यार्थीहरु बिच एक चरणको छलफल बिवादै बिवादका बिच सम्पन्न गरेको छ ।  निर्वाचन आचारसंहिता सम्बन्धी छलफलका लागी  बोलाएको बैंठक आचारसंहितकै बारेमा निवार्चन समीती संयोजक र बिद्यार्थी नेता अनबिज्ञ देखीएपछि बिवाद शिर्जना भएको हो । दिउँसो एक बजे सम्पूर्ण बिद्यार्थी सङगठनहरु बैंठकमा उपस्थीत हुन पुगेको समयमा नेबिसंघले आचारसंहिता उल्लघंन गर्दै क्याम्पस कमिटी गठन गरेपछि बिवाद भएको हो । आंचारसंहितामा १४ गतेबाट कुनै पनी संघ, संगठनले क्याम्पस कमिटी गठन गर्ने नपाईने रहेको भन्दै अन्य बिद्यार्थी संगठनले बिवाद गरेका हुन । यसबारे क्याम्पस प्रमुखले आफुले आंचारसंहीता अध्ययन नगरेकोले भएको भन्दै अन्य नेबिसंघ बाहेका संगठनका बिद्यार्थी माझ मार्फी मागेपछि बिहीबार ३ बजे सम्र्पूण संगठनहरुसंग क्याम्पसले आचारसंहिताकै बारेमा छmफलफल गरी स्ववियू आचारीसंहिता बिद्यार्थी संगठनहरुलाई बितरण गरेको छन् । 

यस्तै डडेल्धुरा बहुमुखी क्याम्पसमा सभापतीका लागी छलफल बिद्यार्थी नेताहरुका बिच भएपनी मातृ पार्टीहरुको हस्ताक्षेप हुने देखीएको छ । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघबाट सभापतिका उम्मेदवारको दाबी गर्दै आएका पूर्व सभापति सन्तोष देउवालाई उमेरको हद लागेपछि नेबिसंघमा तिन जना उम्मेदवार देखीएका छन् । जसमा लामो समय पत्रकार समेत रहेका प्रकाश चन्द्र बुढाऐर, अरुण पन्त, र जगत ऐरले स्ववियू सभापतीमा आफु उम्मेदवार हुने ईच्छा देखीएका छन् । तर पार्टीको आसिवाद जसलाई मिल्छ त्यही सभापतीको उम्मेदवार हुने स्रोतको दाबी छ । 

यस्तै नेकपा एमाले निकट अनेरास्वियू जिल्ला कमिटीमा बिवाद देखीए पनी क्याम्पसमा भने सभापतीका लागी महिला उम्मेदवार प्रिया कुमारी मल्ल हुने पक्का गरी सकेको छ । मल्ल क्याम्पसमा मास्टर प्रथम बर्षमा अध्ययनरत अनेरास्वयूकी र्चचीत नेत्री हुन । यस्तै माओवादी केन्द्र निकट बिद्यार्थी संगठनमा पनी दुई उम्मेदवार रहेको भने पनी एक जना बिद्यार्थी करन साउँद मात्र उम्मेदवार  देखीएका छन् ।  बिद्याथी नेताहरु निवार्चन हुनेमा पनी शंका भने गर्न थालेका छन् । आगामी फागुन १ गते मतदाता सूची प्रकाशन गर्ने, ३ गते दाबीविरोध र छानबिन गर्ने त्रिविको तालिका छ । ४ गते उम्मेदवारको मनोनयनपत्र वितरण, ५ गते उम्मेदवारको मनोनयन सिलबन्दी नामावली दाखिला गर्ने र प्रत्यक्षतर्फको नामावली प्रकाशन गरिने छ । उम्मेदवारको दाबीविरोध तथा छानबिन, फागुन ८ गते नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरिने छ ।

यसै बिच अखिल नेपाल राष्ट्रिय स्वातन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी जिल्ला कार्यसमितीले डडेल्धुरा बहुमुखी क्याम्पसकको प्रमुख र निवार्चन समितीको कार्यालयमा ताला लगाएको छ । मूख्य कार्यालयमा हिजो नै ताला लगाएको भएपनी निवार्चन समितीमा बिहीबार मात्र ताला लगाए छ । बिप्लप माओवादी निकट बिद्यार्थीहरुले  त्रिबीको सिन्डीकेट खारेज गर्नु पर्ने लगाएका ५ बुद्धे माग राख्दै क्याम्पसमा ताला लगाएको छ । क्याम्पसले बिद्यार्थी संघ÷संगठन दार्ता गर्ने माग गरेको मौका छोपी क्याम्पसमा तालाबन्दी भएपछि दर्ता प्रक्रिया अबरुद्ध भएको छ । अखिल नेपाल राष्ट्यि बिद्यार्थी यूनियन क्रन्तिकारी र अखिल नेपाल राष्टिय बिद्यार्थी यूनीयन अनेरास्वयू भने ताला लाग्नु अगाडी नै दर्ता भईसकेको क्याम्पस स्रोतले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित