सलिम अन्सारी/माघ २८, प्युठान  । नेकपा एमालेका नेता बामदेव गौतमले संविधान कार्यान्वयन हुन नदिन अनेक षड्यन्त्र भइरहेको बताएका छन । 

उनले यस्तो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/माघ २८, प्युठान  । नेकपा एमालेका नेता बामदेव गौतमले संविधान कार्यान्वयन हुन नदिन अनेक षड्यन्त्र भइरहेको बताएका छन । 

उनले यस्तो "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश जोगाउन एमाले भन्दा अर्को शक्ति नै छैन: गौतम

२८ माघ २०७३, शुक्रबार १५:१३

सलिम अन्सारी/माघ २८, प्युठान  । नेकपा एमालेका नेता बामदेव गौतमले संविधान कार्यान्वयन हुन नदिन अनेक षड्यन्त्र भइरहेको बताएका छन । 

उनले यस्तो षड्यन्त्रमा लागेकाहरुसित सरकारको साठगाठ रहेको पनि आरोप लगाए । संविधानको कार्यान्वयन गर्दै समृद्ध मुलुकका लागि अगाडि बढ्नुपर्नेमा सरकार उदासिन देखिएको नेता गौतमको भनाइ थियो ।

युवासंघ नेपाल बाङ्गेसाल गाउँ कमिटिको तेस्रो अधिबेशनको शुक्रबार बाङ्गेसालमा उद्घाट गर्दै पूर्व उप–प्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता गौतमले एमाले ज्यू“दो छउञ्जेल नेपाललाई समाप्त हुन नदिने बताए । 

देश जोगाउन एमाले भन्दा अर्को शक्ति नरहेको उल्लेख गरेका गौतमले हस्तक्षेप आइलागे नेपाली जनताले तिनलाइ समाप्त पारिदिने  बताए । जनताको सार्बभौमिक्ता र राष्ट्रीय अखण्डताका बिरुद्ध लाग्ने देशद्रोही तत्व नेपाल समाप्त पार्ने खेलमा लागिरहेको उल्लेख गर्दै नेता गौतमले अहिलेको सरकार समेत राष्ट्रीयतामा आँच आउने गरि काम गरिरहेको आरोप समेत लगाए । संविधान संशोधन प्रस्ताब यहि षड्यन्त्रका उपज आएको बताउदै उनले देश टुक्राउने गरि पहाड र तराइ मिल्न नदिने षडयन्त्रका बिरुद्ध हिमाल जत्तिकै अटल भएर एमाले उभिने बताए।" एमालेले यस्तो राष्ट्रघाती प्रस्ताब पास हुन दिने छैन" -उनले भने ।

गौतमले निर्वाचनतर्फ सरकार नगएको पनि बताए । उनले चुनावका लागि तयार हुनुपर्ने भन्दै चुनावमा एमालेको अत्यधिक बहुमत आउने ठोकुवा पनि गरे । बर्तमान सरकारलें चुनाबको मिति घोषणा नगरे असफल हुने समेत दाबी गरे ।

गौतमले भने"निर्वाचन आजै भयो भने पनि 'फेस' गर्न एमाले तयार छ ।" एमालेमा अहिले कचपच नरहेको र एकतावद्ध रहेको समेत गौतमले बताए । उनले कृषिको विकास गरी औद्योगीकरण नगरेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन । उनले अब एमालेले मुलुकलाई औद्योगिकरण गर्न लागि पर्छौ भनेर संकल्प गर्ने बेला आएको पनि बताएका छन । 

नेपाल कृषिप्रधान देश भएकाले कृषि औद्योगिकरण नभएसम्म उद्योग क्षेत्रको विकास हुन नसक्ने उल्लेख गरे । अबको केही महिनाभित्र नै एमालेको नेतृत्वमा सरकार हुने बताउदै सरकार बनेपछी देश पुनरनिर्माणको काम एमालेले गर्ने  उनको भनाइ छ । उनले प्युठानको समबृद्धि र बिकासको खाका नेकपा एमाले संग भएको समेत बताए । 

आफूले चुनाब जितेर गएपछी जिल्लामा बिकासे काम गरेको भन्दै ओलि नेतृत्वको सरकारका पाला बहुचर्चित नौमुरे परियोजनाको काम यहि आर्थिक बर्षबाट सुरु हुने गरि निर्णय गरिसकिएको उनले सुनाए।नौमुरे परियोजना पछि ऐरावती देखि गनाहखोला सम्मा सुन्दर शहर निर्माण गर्न सकिने उनको भनाइ छ । स्वर्गद्धारी, ऐरावती र गौमुखी जस्ता धार्मिक एवम पर्यटकियस्थलको बिकासमा आफू प्रतिबद्ध रहेको समेत नेता गौतमले बताए। त्यस्तै सोही कार्यक्रममा बोल्दै युवासंघ नेपालका केन्द्रीय महासचिब  किरण पौडेलले नेपालको एकता र स्वाधिनता खतरामा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन