2026-10-18 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गाउँ पस्दै कांग्रेस

प्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । नेपाली कांग्रेसले संगठन सुदृढिकरण अभियान अन्तर्गत तेह्रथुमका सबै नगरपालिका तथा गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । 

पार्टीको राजनीतिक बैचारिक अवस्था, नीति सिद्धान्त, कार्य दिशा, नयाँ संविधान र बर्तमान राजनीतिक अवस्था तथा आगामी स्थानीय निकाय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले जिल्लाका गाउँ–गाउँमा पुगेर कार्यकर्ता प्रशिक्षण गर्न लागेको हो । 

यसअघि माघको तेस्रो साता नै गाउँ गएर कार्यकर्ता प्रशिक्षण गर्ने भनिएपनि आन्तरिक द्धन्द्धका कारण कार्यक्रम स्थगित भएको थियो । तर पछिल्लो साता भएको कांग्रेस केन्द्रिय सदस्य श्याम घिमिरेको उपस्थितिको जिल्लाका नेताहरुको बैठकले पार्टीलाई एक ढिक्का भएर अघि बढाउने सहमति जुटाएसँगै कांग्रेस नेताहरु गाउँ जान लागेका हुन् । सो अभियानअन्तर्गत फागुन २ गते छथर गाउँपालिकाको शुक्रबारे बजारमा प्रशिक्षण हुने जिल्ला सभापति गोविन्द ढुंगानाले बताए । 

यस्तै फागुन ३ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरबजारमा, फागुन ४ गते म्याङलुङ्ग नगरपालिकाको म्याङलुङबजारमा, फागुन ५ गते मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा, फागुन ६ गते फेदाप गाउँपालिकाको औंशीडाँडामा र फागुन ७ गते आठराई गाउँपालिकाको सक्रान्तिबजारमा संगठन सुदृढिकरण कार्यक्रम हुने सभापति ढुंगानाले बताए । कार्यक्रममा केन्द्रिय सदस्य श्याम घिमिरे, केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङ, सभासद गणेशप्रसाद विमली, पुर्वसभासद तथा महासमिति सदस्य तुलसी सुब्बासहित जिल्लाका नेताहरु सहभागी हुने र प्रशिक्षण गर्ने कांग्रेसले जनाएको छ । 

सम्दुमा ७२ नवप्रवेशीलाई स्वागत

सम्दु गाउँ विकास समितिमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम विहीबार भएको छ । कार्यक्रममा नेपाली कांग्रेसको राजनीतिक बैचारिक गतिविधि, समसामयिक राजनीतिक अवस्था, स्थानीय निकाय निर्वाचन लगायत विषयमा छलफल भएको थियो । 

सो अवसरमा सम्दुका ७० बढी युवाहरु विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेका गणेश राई र माओवादी केन्द्रका देवेन्द्र चोङवाङको नेतृत्वमा ७२ जना युवाहरु कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता तेजबहादुर कार्कीले बताए । 

कार्यक्रममा पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्दै कांग्रेस नेताहरुले सम्दु जिल्लाकै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको स्वीकार गरे । नेताहरुले सम्दुको विकास निर्माण, शैक्षिक, आर्थिक तथा सामाजिक विकासकालागि चौतर्फी रुपमा पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङ, पुर्वसभासद तुलसी सुब्बा, जिल्ला सभापति गोविन्द ढुंगाना लगायतले बोलेका थिए । 

कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्यसमिति सम्दुका उपसभापति भेषराज चोङवाङको अध्यक्षतामा भएको थियो । नवप्रवेशीहरुले भने कांग्रेस मुलुककै पुरानो तथा लोकतन्त्र र जनजीविकाको रक्षा गर्न सक्ने पार्टी भएकाले आफुहरु आवद्ध भएको बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु