१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्रले बुर्तिबाङमा जनयुद्ध दिवस मनायो

१ फाल्गुन २०७३, आईतवार १५:५१

कृष्ण कँडेल/फागुन १, बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको आयोजनमा २२ औँ जनयुद्ध दिवश विशेष कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तुल्सिाराम आर्यालले तत्कालिन माओवादी जनयुद्धले पछाडी परेका र परिएको समुदायमा आफ्नो अधिकारको खोजी राजनितिक जागरण ल्याएको बताउनुभयो । उहाँले दलित, जनजाती, महिला, अल्पसंख्यक तथा राज्यको मुलप्रवाहमा पहुँच नपुगेका समुदायको प्रतिनिधित्वको संवैधानिक व्यवस्था जनयुद्धकै उपलब्धि भएको उल्लेख गर्नुभयो । 

केन्द्रिय समितिका सल्लाहकार सेरमान घर्तीले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता प्रगतिशिल मुद्धाहरु जनयुद्धले नै स्थापति गरेको भन्दै आदिवासी जनजाती समुदायको थप अधिकार स्थापित गर्ने कार्यभार बाँकी नै रहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा तमानखोला गाउँपालिका ईन्चार्ज सुर्य सिरपाली, माओवादी अगुवा दलिराम शर्मा, विद्यार्थी अनिल विश्वकर्मा लगायतले जनयुद्धका उपलब्धि तथा अब गर्नुपर्ने बाँकी काम लगायतको बारेमा मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा नेपमा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एरिया नम्बर–२ का सहईन्चार्ज चन्द्र आर्यालले अहिले नेपालको राष्ट्रिय राजनितिको मुलधारमा स्थापित राज्यको पुनर्संरचना, नागरिकका प्रतिनिधिबाट संविधान निर्माण लगायतका उपलब्धि जनयुद्धकै जगमा स्थापित भएको बताउनुभयो । उहाँले पार्टिको वडा, गाउँ, नगर अधिवेशन, पार्टि संगठन विस्तार अभियान लगायतको बारेमा जानकारी गराउनुभएको थियो । अर्यालले हिजो गलकोटकमा भएको पार्टिको जिल्ला कार्यालय सदस्यहरुको बैठकले गरेका निर्णयको बारेमा समेत जानकारी गराउनुभएको थियो । 

कार्यक्रम एरिय सहईन्चार्ज चन्द्र अर्याललको अध्यक्षता, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल स्वागत र अखिल क्रान्तिकारी एरिया नम्बर–२ का सचिव गणेश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन