प्रकाश धौलाकोटी/फागुन २, तेह्रथुम । माओवादीका विभिन्न घटकले आइतबार जनयुद्ध दिवस मनाएका छन् । 

सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/फागुन २, तेह्रथुम । माओवादीका विभिन्न घटकले आइतबार जनयुद्ध दिवस मनाएका छन् । 

सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल द"/>

2026-10-18 04:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले सम्झिए जनयुद्ध

प्रकाश धौलाकोटी/फागुन २, तेह्रथुम । माओवादीका विभिन्न घटकले आइतबार जनयुद्ध दिवस मनाएका छन् । 

सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी) केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बेग्लाबेग्लै कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका हुन् । 

दिवसको अवसरमा तेह्रथुममा नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयमा दिप प्रज्वलन गरेको छ । कार्यक्रममा केन्द्रका पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाईले पार्टीले दश वर्षसम्म गरेको जनयुद्धले मुलुकमा थुप्रै परिवर्तनहरु ल्याएपनि संस्थागत भइनसकेको भन्दै त्यसको कार्यभार अझै बाँकी रहेको बताए । 

उनले जनयुद्धबाट प्राप्त प्रतिफललाई संस्थागत गर्न विभिन्न शक्तिहरुले रोकटोक गरिरहेको भन्दै त्यस्ता चुनौतीहरुलाई चिर्दै पार्टीले ती उपलब्धिहरुलाई संस्थागत गरिछाड्ने धारणा राखे । जिल्लास्थित माओवादी नेता तथा कार्यकर्ताले ‘२२ औं जनयुद्ध दिवस’ लेखिएको आकारमा दिप प्रज्वलन गरी जनयुद्धलाई सम्झिएका हुन् । 

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा र सिन्धुलीको दुई वटा प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो । यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो । त्यसपछि पटकपटक सरकारमा पुगेको र तीनपटक सरकारको नेतृत्व गरेको भएपनि माओवादीले आफैले उठाएका मुद्दा संम्बोधन गर्न नसकेको चर्को आलोचना खेपिरहेको छ । 

२०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटकपटक फुटेको छ भने झण्डै एक दर्जन दलसँग एकीकरण पनि गरेको छ । सँगै बिद्रोह गरेका नेताहरुमध्ये धेरैजसो कुनै न कुनै नाममा माओवादी पार्टी नै सञ्चालन गरिरहेका छन् भने माओवादी विद्रोहका एक मुख्य नेता डा. बाबुराम भट्टराईले भने नयाँ शक्ति नामको नयाँ पार्टी खोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु