फागुन २, धुलिखेल । नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  फागुन २, धुलिखेल । नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ता"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादी विद्यार्थीद्वारा सात स्ववियु निर्वाचन कार्यालयमा ताला

२ फाल्गुन २०७३, सोमबार १०:५५

 फागुन २, धुलिखेल । नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो । 

बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगङ्गा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमङ्गला बहुमुखी क्याम्पस, पाँचखाल र डेडीथुम्का पब्लिक क्याम्पस डेडीथुम्कामा ती विद्यार्थी सङ्गठनले ताला लगाएका हुन् । 

उक्त विद्यार्थी सङ्गठनले अहिले घोषणा गरेको स्ववियु निर्वाचनको मिति उपयुक्त नभएको भन्दै क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाइदिएको चैतन्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले बताउनुभयो । 

अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष दिनेश सारुले आफ्नो सङ्गठनको कुनै पनि कुराको सुनुवाइ नभएको र तीन विद्यार्थी सङ्गठनले सिन्डिकेट नै लगाएर निर्वाचनमा गएका कारण बाध्य भएर ताला लगाउनुपरेको बताउनुभयो । 

“हामीले पटक पटक भनेका थियौँ कि हाम्रो पार्टीको अधिवेशन चलिरहेका बेलामा निर्वाचन नगरौँ भनेर तर त्यही समयमा निर्वाचन गर्न समय तोकिदिएका कारण हामीले बाध्य भएर स्ववियु निर्वाचन कार्यालयमा ताला लगाउनुपरेको हो” – अध्यक्ष सारुले भन्नुभयो । उहाँले तीन विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सिन्डिकेट नै लगाएको आरोप लगाउनुभयो । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको भन्ने जानकारी आए पनि क्याम्पस प्रमुखहरुले जानकारी नै नदिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ