२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारा क्याम्पसमा स्ववियु चुनाव स्थगित

२०७३, ३ फाल्गुन मंगलवार १०:०२

फागुन ३, मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा रहेको रारा बहुमुखी क्याम्पसले सोमबार साँझ विज्ञप्ति निकाल्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित गरेको बताएको छ । 

विद्यार्थी सङ्गठनले आफँै सहमति गरेर पुनः सहमति तोड्दै गएको र क्याम्पसमा तनाव सिर्जना हुने अवस्था आएकाले चुनाव स्थगित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेपछि गत माघ २१ गते रारा क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका प्रतिनिधिको बैठक बसी माघ २८ बेलुका ५ बजेसम्म विद्यार्थी भर्ना गर्ने समय सीमा तोकेर निर्णय गरेका थिए । 

तर माघ ८ सम्म नेपाल विद्यार्थी सङ्घले आफना समर्थक विद्यार्थीको भर्ना गरेपनि अन्य सङ्गठनले विद्यार्थी भर्नामा ध्यान दिएनन् । नेपाल विद्यार्थीसङ्घका कार्यबाहक अध्यक्ष दीपक रावलले सबै सङ्गठनको सल्लाहमा सात दिनसम्म भर्ना गर्ने समय तोकेर निर्णय गरेपनि अन्य सङ्गठनले पुनः भर्ना समय थपौँ भनेर बखेडा झिक्दा क्याम्पस प्रशासनले पनि अकस्मात निर्वाचन स्थगित गरेको बताउनुभयो । 

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा रारा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले र अखिल क्रान्तिकारीको संयुक्त प्यानलले जितेको थियो । रारा क्याम्पसका पूर्व स्ववियु सचिव प्रकाश शाहीले क्याम्पसले निर्णय नसच्याए कडा आन्दोलनमा उत्रने पनि बताउनुभयो । 

रारा क्याम्पसका लेखापाल कर्णबहादुर रोकाया विद्यार्थी सङ्गठन र प्रशासनले संयुक्त निर्णय गरेपनि केही विद्यार्थी सङ्गठन निर्णयबाट पछिहट्दा चुनाव गराउन समस्या भएकाले स्थगित गर्नुपरेको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते