१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारा क्याम्पसमा स्ववियु चुनाव स्थगित

३ फाल्गुन २०७३, मंगलवार १०:०२

फागुन ३, मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा रहेको रारा बहुमुखी क्याम्पसले सोमबार साँझ विज्ञप्ति निकाल्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित गरेको बताएको छ । 

विद्यार्थी सङ्गठनले आफँै सहमति गरेर पुनः सहमति तोड्दै गएको र क्याम्पसमा तनाव सिर्जना हुने अवस्था आएकाले चुनाव स्थगित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेपछि गत माघ २१ गते रारा क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका प्रतिनिधिको बैठक बसी माघ २८ बेलुका ५ बजेसम्म विद्यार्थी भर्ना गर्ने समय सीमा तोकेर निर्णय गरेका थिए । 

तर माघ ८ सम्म नेपाल विद्यार्थी सङ्घले आफना समर्थक विद्यार्थीको भर्ना गरेपनि अन्य सङ्गठनले विद्यार्थी भर्नामा ध्यान दिएनन् । नेपाल विद्यार्थीसङ्घका कार्यबाहक अध्यक्ष दीपक रावलले सबै सङ्गठनको सल्लाहमा सात दिनसम्म भर्ना गर्ने समय तोकेर निर्णय गरेपनि अन्य सङ्गठनले पुनः भर्ना समय थपौँ भनेर बखेडा झिक्दा क्याम्पस प्रशासनले पनि अकस्मात निर्वाचन स्थगित गरेको बताउनुभयो । 

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा रारा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले र अखिल क्रान्तिकारीको संयुक्त प्यानलले जितेको थियो । रारा क्याम्पसका पूर्व स्ववियु सचिव प्रकाश शाहीले क्याम्पसले निर्णय नसच्याए कडा आन्दोलनमा उत्रने पनि बताउनुभयो । 

रारा क्याम्पसका लेखापाल कर्णबहादुर रोकाया विद्यार्थी सङ्गठन र प्रशासनले संयुक्त निर्णय गरेपनि केही विद्यार्थी सङ्गठन निर्णयबाट पछिहट्दा चुनाव गराउन समस्या भएकाले स्थगित गर्नुपरेको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन