फागुन ३, विरगंज । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि प्रभाकर गुप्तालाई अध्यक्ष पदको उम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, विरगंज । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि प्रभाकर गुप्तालाई अध्यक्ष पदको उम्मे"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

आखिल क्रान्तिकारीको सभापति उम्मेदवार गुप्ता

३ फाल्गुन २०७३, मंगलवार ११:४४


फागुन ३, विरगंज । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि प्रभाकर गुप्तालाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छ ।

आज बसेको अखिल क्रान्तिकारीको केन्द्रिय समितिको बैठकले गुप्तालाइ सर्वसम्मत रुपमा उम्मेदवार गरेको संगठनका केन्द्रिय सचिव अमिताब बच्चन दसले जानकारी गराए ।

पर्सा विरगंज उपमाहानगरपालिका – १३, घडीअर्वाका गुप्ता एम.वि. एस. प्रथम वर्षका नियमित विद्यार्थी हुन् । गुप्ता यस पुर्व हुनलागेको २०७० सालको स्ववियु निर्वाचनको सभापतिको उम्मेदवार रहेका थिए । गुप्ता यसपालि पून : सभापतिको उम्मेदवार हुने मौका पाएकोमा खुसि व्यक्त गरे ।

उनले ‘मेरो उम्मेदवारी क्याम्पसमा देखिएका सबैखाले विकृति, बिसंगतीहरुको अन्त्य गर्दै स्वच्छ शैक्षिक वातावरण निर्माण गर्नका लागि हो । पहिलेका स्ववियु जित्ने विद्यार्थी नेताहरुले स्ववियुलाई विद्यार्थी हक,हित र अधिकारको पक्षमा भन्दा पनि सांगठनिक रुपमा चलाएको देखिन्छ,उनीहरुले विद्यार्थीहरुको पठन पाठनमा त्यस्तो उल्लेख्य काम गरेको पनि देखिएन, तसर्थ अखिल क्रान्तिकारीले अबको निर्वाचनसँगै शैक्षिक सुधारको काम गर्नुपर्ने छ । हामीले शैक्षिक सुधारको योजना सहित उम्मेदारी दिने दिने घोषणा गरेका छौ ।’

उनले ठाकुरराम क्याम्पसलाई भ्रष्टाचार र गुण्डागर्दी मुक्त नमुना क्याम्पस वनाउनु आफ्नो मुख्य उदेश्य रहेको भन्दै अगाडि भने–‘अब क्रान्तिकारी नेतृत्वमा ठाकुरराम क्याम्पसले कांचुली फेर्ने निश्चीत छ । हाम्रो प्यानलले जित्ने निश्चीत देखेपछि अन्य संगठनहरुमा आतंक मच्चीएको छ । 

विद्यार्थी साथीहरु अनि संगठनका अग्रज विद्यार्थी नेता राकेश यादव, मित्रदेव यादव, लगाएत अन्य नेता तथा विद्यार्थीहरुको ठुलो साथ् र सहयोग रहेको छ । हाम्रो जीतलाई अब कसैले रोक्ने सम्भावना छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि