फागुन ३, रौतहट | स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति रौतहटद्धारा आज तेस्रो दिन जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिई तालावन्दी कार्यजारी नै रहेको छ ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, रौतहट | स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति रौतहटद्धारा आज तेस्रो दिन जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिई तालावन्दी कार्यजारी नै रहेको छ ।
<"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रौतहटमा कर्मचारीहरुको धर्नाका कार्यक्रमले तेस्रो दिन कामकाज थप

२०७३, ३ फाल्गुन मंगलवार १५:४८


फागुन ३, रौतहट | स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति रौतहटद्धारा आज तेस्रो दिन जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिई तालावन्दी कार्यजारी नै रहेको छ ।

 देश व्यापी जारी रहेको स्थानी निकाय कर्मचारीहरुको बिरोध तथा धर्ना कार्यक्रममा राजनीतिक दलहरुका सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादव , संघीय समाजवादी फोरम नेपाल पार्टीका केन्द्रीय सदस्य रेवन्त झा , विधार्थी जिल्ला अध्यक्ष प्रकाश भाई , लायन्स क्लब अफ रौतहट मदनपुरका अध्यक्ष सुरेन्द्र प्रसाद पटेल, नेपाल सदभावना पार्टीका नेता अनिल कुमार सिंह लगायतले आफनो व्यक्तिगत र पार्टी समेतको एक्यबद्धता सहित प्रतिवद्धता जनाएको छ । भोलिको दिनमा कर्मचारीहरुको मागप्रति सरकारले कुनै किसिमको गलत प्रक्रिया अपनायो भने हामी राजनीतिक दलहरुले बिरोधमा उत्रिने तयार रहने छौँ ।

स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिको केन्द्रिय निर्देशन अनुसार धर्ना तथा तालावन्दी कार्य माग पुरा नभए सम्म जारी रहने छ । स्थानीय निकायको पुर्नसंरचना भईरहेको अवस्थामा विभिन्न माग राखी धर्ना दिएको समिति रौतहटका संयोजक कृष्णनन्दन यादवले बताए । धर्ना र तालावन्दीका कारण जिविसको काम काज थप लगतार आज तेस्रो दिन भएकोले जिल्लाका सेवाग्राहीहरुमा कुनै किसिमको हतास देखिएको छैन ।

रौतहटका स्थानीय विकास अधिकारी उमेश बस्नेतले तथा स्थानीय निकाय कर्मचारी संयुक्त आन्दोलन परिचालन समिति रौतहट बिच वार्ता भएपनि मांग सम्बोधन केन्द्रबाट मात्र सम्भव रहेकोले बार्ता बिफल भएको छ । अधिकारको लागि भएको आन्दोलनमा रौतहट जिविस तथा जिल्ला प्राविधिक कार्यालयका निजामति कर्मचारीले देखाउनु भएको सद्भाव स्वागत योग्य छ । स्थानीय निकाय कर्मचारी संयुक्त आन्दोलन समितिका तर्फबाट जिविस रौतहटका कृष्णनन्दन यादवका अनुसार आफुहरु सेवाग्राहीको काम अबरुद्ध पार्ने चाहना नहुँदा पनि अधिकारको लागि भएको यस आन्दोलनमा सहयोग गर्न र मांग सम्बोधन नभए सम्म धैर्यता राख्न आग्रह गरेका छन् ,, साथै मांग सम्बोधन हुन साथ दिनरात खटेर भएपनि जिल्लाको विकास निर्माणका योजना देखि अन्य सबै कामको थालनी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । – अभिमनु कुमार पटेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते