फागुन ३, रौतहट | स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति रौतहटद्धारा आज तेस्रो दिन जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिई तालावन्दी कार्यजारी नै रहेको छ ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, रौतहट | स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति रौतहटद्धारा आज तेस्रो दिन जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिई तालावन्दी कार्यजारी नै रहेको छ ।
<"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रौतहटमा कर्मचारीहरुको धर्नाका कार्यक्रमले तेस्रो दिन कामकाज थप

३ फाल्गुन २०७३, मंगलवार १५:४८


फागुन ३, रौतहट | स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति रौतहटद्धारा आज तेस्रो दिन जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिई तालावन्दी कार्यजारी नै रहेको छ ।

 देश व्यापी जारी रहेको स्थानी निकाय कर्मचारीहरुको बिरोध तथा धर्ना कार्यक्रममा राजनीतिक दलहरुका सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादव , संघीय समाजवादी फोरम नेपाल पार्टीका केन्द्रीय सदस्य रेवन्त झा , विधार्थी जिल्ला अध्यक्ष प्रकाश भाई , लायन्स क्लब अफ रौतहट मदनपुरका अध्यक्ष सुरेन्द्र प्रसाद पटेल, नेपाल सदभावना पार्टीका नेता अनिल कुमार सिंह लगायतले आफनो व्यक्तिगत र पार्टी समेतको एक्यबद्धता सहित प्रतिवद्धता जनाएको छ । भोलिको दिनमा कर्मचारीहरुको मागप्रति सरकारले कुनै किसिमको गलत प्रक्रिया अपनायो भने हामी राजनीतिक दलहरुले बिरोधमा उत्रिने तयार रहने छौँ ।

स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिको केन्द्रिय निर्देशन अनुसार धर्ना तथा तालावन्दी कार्य माग पुरा नभए सम्म जारी रहने छ । स्थानीय निकायको पुर्नसंरचना भईरहेको अवस्थामा विभिन्न माग राखी धर्ना दिएको समिति रौतहटका संयोजक कृष्णनन्दन यादवले बताए । धर्ना र तालावन्दीका कारण जिविसको काम काज थप लगतार आज तेस्रो दिन भएकोले जिल्लाका सेवाग्राहीहरुमा कुनै किसिमको हतास देखिएको छैन ।

रौतहटका स्थानीय विकास अधिकारी उमेश बस्नेतले तथा स्थानीय निकाय कर्मचारी संयुक्त आन्दोलन परिचालन समिति रौतहट बिच वार्ता भएपनि मांग सम्बोधन केन्द्रबाट मात्र सम्भव रहेकोले बार्ता बिफल भएको छ । अधिकारको लागि भएको आन्दोलनमा रौतहट जिविस तथा जिल्ला प्राविधिक कार्यालयका निजामति कर्मचारीले देखाउनु भएको सद्भाव स्वागत योग्य छ । स्थानीय निकाय कर्मचारी संयुक्त आन्दोलन समितिका तर्फबाट जिविस रौतहटका कृष्णनन्दन यादवका अनुसार आफुहरु सेवाग्राहीको काम अबरुद्ध पार्ने चाहना नहुँदा पनि अधिकारको लागि भएको यस आन्दोलनमा सहयोग गर्न र मांग सम्बोधन नभए सम्म धैर्यता राख्न आग्रह गरेका छन् ,, साथै मांग सम्बोधन हुन साथ दिनरात खटेर भएपनि जिल्लाको विकास निर्माणका योजना देखि अन्य सबै कामको थालनी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । – अभिमनु कुमार पटेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि