एलिसा बस्नेत/फागुन ७, प्यूठान । पहिलो निर्वाचन दिवस आज बिभिन्न कार्यक्रम गरी खलंगामा पनि मनाईको छ । 

निर्वाचन आयोगको प्रस्तावमा सरकारले गत मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एलिसा बस्नेत/फागुन ७, प्यूठान । पहिलो निर्वाचन दिवस आज बिभिन्न कार्यक्रम गरी खलंगामा पनि मनाईको छ । 

निर्वाचन आयोगको प्रस्तावमा सरकारले गत मा"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

निर्वाचन दिवस प्युठानमा पनि मनाइयो

७ फाल्गुन २०७३, शनिबार १२:४९


एलिसा बस्नेत/फागुन ७, प्यूठान । पहिलो निर्वाचन दिवस आज बिभिन्न कार्यक्रम गरी खलंगामा पनि मनाईको छ । 

निर्वाचन आयोगको प्रस्तावमा सरकारले गत माघमा प्रत्येक बर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउने निर्णय गरेको थियो । 

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको निर्वाचन आयोग ले जनाएको छ ।

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक दिवस मनाउन लागेको जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले बताउनु भयो ।

दिवसका अवसरमा निर्वाचन आयोगले आज बिशेष कार्यक्रमको आयोजना गरेको हो । 

गत महिनाको पुष १५ देखिमाघ १९गते सम्म संचालन भएको फोटो सहितको मतदाता नामावलि तथा अध्यावधिक संकलन कार्यमा १३ सय १० जना नया मतदता थप भएका छन जिल्लामा नामावली रहेपनि मृत्यु भएका २४ सय, नाम सच्याइएका ४० जना, मतदान केन्द्र सारेको २३, जन्म मिति सच्याइएको ६ जना, वडा सारेका १४४ जना, जिल्ला बाहिर १०९ जना, नाम दोहोरिएका ३३ जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिनु भयो । 

१६ बर्ष उमेर पुगेका नेपाली नागरिकको फोटो सहितको मतदाता नामावली संकलन तथा यस अघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भएमा सच्चाउन फोटो सहितको मतदाता नामावली जुन सुकै समयमा पनि दर्ता गर्न सकिने समेत अधिकृत भण्डारिले बताउनु भयो । 

कार्यक्रमा कार्यक्रमका अध्यक्ष एवंम स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद वस्याल, सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन